Headline

‘मेस्सी र मेरो दुश्मनी मिडियाले बनाएको हो’

Published

on

लियोनल मेस्सीको प्रशंसा गर्दै क्रिष्चियानो रोनाल्डोले बार्सिलोना स्टार बिरुद्ध खेल्नु आफ्नो अहोभाग्य भएको बताएका छन् ।

मङ्गलवार राति भएको च्याम्पियन्स लिग खेलमा वर्तमान फुटबलका दुई महान खेलाडी आमने–सामने हुदा रोनाल्डोले दुई गोल गरेपछि युभेन्टसले बार्सिलोनालाई क्याम्प नोउमै पराजित गर्दै ३–० को जित हात पार्यो । जितपछि युभेन्टस समुह जि को अंक तालिकामा शिर्ष स्थानमा रह्यो ।

खेलपछि पोर्चुगिज सुपरस्टरलाई उनी र मेस्सीबीचको प्रतिद्वन्दिताका बिषयमा प्रश्न गर्दा रोनाल्डोले निकै प्रभावशाली रुपमा उत्तर फर्काए ।

“लियोले र मैले पछिल्लो १२, १३, १४ बर्ष एक आपसमा बाड्यौं । मेरो उनीसँग सधै सुमधुर सम्बन्ध रहदै आएको छ । मैले उनलाई कहिल्यै पनि प्रतिद्वन्दीको रुपमा हेरिन । हामीबीचको प्रतिद्वन्दिता मिडियाले मात्रै उत्पन्न गर्ने गरेको छ । तपाईले लियोलाई यो कुरा सोध्नु हुन्छ भने उनले पनि त्यही भन्ने छन्,” रोनाल्डोले भने ।

“उनीबिरुद्ध खेल्दा मलाई सधै आनन्द आउने गर्छ । हामी एक आपसमा भेट्दा मान्छेहरुले दुश्मनीको कुरा गर्नु स्वभाविक नै हो । तर मेरो लागि उनीबिरुद्ध खेल्नु अहोभाग्य हो,” पछिल्लो केही बर्षयता दुईबीचको सुमधुर बन्दै गएको मैदानको प्रतिद्वन्दिताका बिषयमा रोनाल्डो भन्छन् ।

“मैले म्याचनेस्टर युनाइटेड र रियल म्याड्रिडमा हुदाँ उनको सामना गरे र अहिले युभेन्टसबाट गर्दैछु । तर मेरो लागि म गोल गर्न सकिरहेको मै खुशी छु । शायद उनी खेलेको टिमबिरुद्ध गोल गर्दा मलाई अझै बढी खुशी हुने गर्छ,” उनले भने ।

Click to comment

Trending