Headline

दक्षिण अफ्रिका २००७ पछि पहिलो पटक पाकिस्तान भ्रमण गर्दै

Published

on

दक्षिण अफ्रिकाले १४ बर्षपछि पाकिस्तानको भ्रमण गर्ने भएको छ । जनवरी, २०२१ देखि शुरु हुने दुई टेस्ट र तीन ट्वान्टी ट्वान्टी अन्तर्राष्ट्रियका लागि दक्षिण अफ्रिकाले पाकिस्तान भ्रमण गर्न गइरहेको हो ।

दक्षिण अफ्रिका जनवरी १६ मा कराची आइपुग्नेछ र आफ्नो पहिलो टेस्ट जनवरी २६ देखि ३० सम्म कराचीको नेसनल स्टेडियममा खेल्नेछ, पाकिस्तान क्रिकेट बोर्डले एक बिज्ञप्तिमा लेखेको छ । दोश्रो टेस्ट रावलपिण्डिमा हुनेछ भने तीनवटै ट्वान्टी ट्वान्टी अन्तर्राष्ट्रिय लाहोरमा हुनेछ ।

पिसिबीका अनुसार पाकिस्तानमा आगमनपछि दक्षिण अफ्रिकी टोलीलाई आइसोलेसनमा राखिने र त्यसपछि अभ्यास सत्र र अभ्यास म्याचहरु खेलाइनेछ ।

सन् २००७ यता दक्षिण अफ्रिकाले पाकिस्तान भ्रमण गरेको छैन । २००९ मा श्रीलंकन टोलीमाथि भएको आतकंवादी हमलापछि कुनै पनि ठूला अन्तर्राष्ट्रिय टोली पाकिस्तान गएका छैनन् । यस दौरान युएईलाई आफ्नो घरेलु मैदान बनाउदा पाकिस्तानले २०१० र २०१३ मा दक्षिण अफ्रिकाबिरुद्ध खेलेको थियो ।

१९९५ यता दुई टिमबीच भएका ११ टेस्ट सिरिजमा दक्षिण अफ्रिकाले सातमा जित हात पारेको छ भने पाकिस्तान मात्र एकमा बिजयी भएको थियो । दक्षिण अफ्रिकापछि पाकिस्तानले न्युजिल्याण्ड, इङ्गल्याण्ड र वेष्ट इण्डिजलाई पनि घरेलु सिरिजमा खेल्ने कार्यक्रम रहेको छ ।

आतंकवादी आक्रमणपछि जिम्बाब्वेले मात्र पाकिस्तानको दुई पटक भ्रमण गरेको छ भने युएईमै हुदै आइरहेको पाकिस्तान सुपर लिगको पछिल्लो एक पुरै सिजन पाकिस्तानमै भएको थियो ।

Click to comment

Trending