Headline

रियल म्याड्रिडको च्याम्पियन्स लिग भविष्य आज निर्धारण हुने

Published

on

१३ पटकको किर्तिमानी च्याम्पियन्स लिग बिजेता रियल म्याड्रिडलाई यो सिजन समुह चरणबाट अन्तिम १६ सम्म पुग्न अन्तिम खेल कुर्नु पर्छ भनेर कसैले सोचेको  थिएन । अघिल्लो सिजन स्पेनिस लिग ला लिगाको बिजेता रियल म्याड्रिड यो सिजन च्याम्पियन्स लिगमा शख्तर दोनेस्कसँग दुवै खेलमा पराजित होला भनेर पनि कसैले सोचेको  थिएन ।

च्याम्पियन्स लिगको शुरुवातमै शख्तारसँग ३-२ ले पराजित रियल दोस्रो खेलमा बोरुसिया मोचेनग्याल्डब्याचसँग २-२ को बराबरीमा रोकिएको थियो तर इन्टर मिलानसँग भने होम-अवे दुवैमा जित हात पारेपछि केही राहतको स्वास फेर्यो ।

आज हुने मोचेनग्याल्डब्याच विरुद्धको होम खेलमा रियलले जित निकाल्न नसक्ने हो भने रियल युरोपा लिग खेल्न वाध्य हुने छ वा च्याम्पियन्स लिगबाटै बहिरिने सम्भावना पनि बढ्नेछ । मोचेनग्याल्डब्याच विरुद्ध हुने होम खेलमा रियलको टोलीमा कप्तान सर्जियो रामोस फर्किएका छन् । रियलका लागि एडेन हजार्डले चोटका कारण यो खेल गुमाउने छन् । मोचेनग्याल्डब्याच भने खेलमा हार टारे पनि अर्को चरण पुग्ने छ ।

खेल नेपाली समय अनुसार १:४५ मा सुरु हुने छ ।

यस्तै यही समुह बि अन्तर्गत आजै हुने अर्को खेलमा इन्टर मिलान र शख्तर खेल्दै छन् । इन्टर अर्को चरणमा पुग्न निकै कठिन रहेको छ । इन्टरका लागि रोमेलु लुकाकु टोलीमा फर्किएका छन् । इन्टरका लागि अन्तिम १६ पुग्ने बाटो गणीतीय आधारमा खुल्ला रहे पनि  खेलमा पराजित भए वा बराबरीमा रोकिए इन्टर च्याम्पियन्स लिगबाटै बहिरिने छ ।

यस्तै आजै हुने अन्य खेलहरुमा मिजिल्याण्ड विरुद्ध लिभरपुल र हिजो रोकिएको पिएसजी विरुद्ध इस्तानाबुल बसिकशेहर बिचको खेल पनि नेपाली समय अनुसार ११:४५ मा हुने छन् । यस्तै १:४५ बजे हुने खेलहरुमा आयाक्स र एटलान्टा,बायर्न र लोकोमोटिभ मोस्को, रेड बुल साल्जबर्ग र एट्लेटिको म्याड्रिड भिड्ने छन् ।

 

 

Click to comment

Trending