Headline

अर्जेन्टिनालाई २०१४ को बिश्वकप फाइनलसम्म डोर्याउने साबेलाको निधन

Published

on

फुटबल लेजेण्ड डिएगो म्याराडोनाको मृत्यु भएको दुई हप्ता पछि नै अर्जेन्टिनाले २०१४ को बिश्वकप फाइनल डोर्याउने प्रशिक्षक आलेहान्द्रो साबेलालाई गुमाएको छ ।

स्वास्थ्यमा समस्या देखिएपछि ६६ बर्षिय साबेला गत नोभेम्बरदेखि नै अस्पतालमा भर्ना भएका थिए । साबेलाले आफ्नो क्लब करिअरमा इङ्गलिस प्रिमियर लिग टोली लिड्स र सेफिल्ड युनाइटेडका लागि पनि खेलेका थिए ।

अर्जेन्टिनाका लागि ८ खेल खलेका साबेलाले राष्ट्रिय टोलीलाई तीन बर्ष प्रशिक्षण दिएका थिए । सन् २०११ देखि अर्जेन्टिनाको प्रशिक्षण सम्हालेका साबेलाको यात्रा २०१४ को बिश्वकप फाइनलमा जर्मनीसँग १–० ले पराजित भएपछि समाप्त भएको थियो ।

उनले सेफिल्डका लागि १९७८ देखि १९८० सम्म ७६ खेल खेले । त्यसपछि लिड्समा उनले २३ खेल खेलेका थिए । म्याराडोनासँग सम्झौता गर्न असफल भएपछि सेफिल्डले अर्जेन्टिनी क्लब रिभरप्लेटबाट साबेलालाई अनुबन्ध गरेको थियो ।

अर्को अर्जेन्टिनी क्लब एस्टुडियान्टेसलाई उनले प्रशिक्षकको रुपमा सन् २००९ मा दक्षिण अमेरिकी क्लब फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता कोपा लिबर्टाडोरेस जिताएका थिए ।

Click to comment

Trending