Headline

युनाइटेड बाहिरियो, रोनाल्डोको दुई गोलमा बार्सिलोना क्याम्प नोउमा पराजित

Published

on

जर्मन क्लब आरबी लाइपजिगसँग ३-२ ले पराजित भएसँगै ईंग्लिस क्लब म्यानचेस्टर युनाइटेड युएफा च्याम्पियन्स लिगबाट बहिरिएको छ ।

लाइपजिगको जितमा एन्जेलिनो,अंमाडो हाइडरा र जस्टिन क्लुवेर्टले गोल गरेका थिए भने युनाइटेडका लागि पल पोग्बा र ब्रुनो फर्नानडेजले एक-एक गोल गरेका थिए ।

पहिलो हाफमा २-० ले अग्रता लिएको लाइपजिगका लागि खेलको दोस्रो मिनेटमै एन्जेलिनोले गोल गर्दै १-० को अग्रता दिलाएका थिए । साबिट्जरले दिएको क्रसमा एन्जोलिनोको प्रहरलाई युनाइटेडका गोलरक्षक डेभिड डे गियाले रोक्ने कष्ट गरेनन् । खेलको १३ औँ मिनेटमा लाइपजिगले अर्को गोल थप्यो । यो पटक भने अंमाडो हाइडराले लाइपजिगका लागि गोल गरे । यो पटक भने एन्जेलिनोको पासमा हाइडराले गोल गरेका थिए ।

दोस्रो हाफमा भने लाइपजिगले तेस्रो गोल गरेको थियो भने युनाइटेडले दुई गोल गर्न सफल बएको थियो । खेलको ६९ औँ मिनेटमा भने लाइपजिगले तेस्रो गोल गरेको थियो । लाइपजिगका लागि जस्टिन क्लुवेर्टले गोल गरेका थिए । तेस्रो गोलका लागि पनि एन्जेलिनोले नै क्लुवेर्टलाई पास दिएका थिए । युनाइटेडका लागि भने ८० औँ मा ब्रुनो फर्नानडेजले पेनाल्टीमा र ८२ औँ मिनेटमा पाउल पोग्बाले गोल गरे पनि हार टार्न सकेनन् ।

हारसँगै युनाइटेड च्याम्पियन्स लिगबाट बाहिरिएको छ । ९ अंक रहेको युनाइटेड तेस्रो स्थानमा रहदै युरोपा लिगमा स्थान बनाउने छ ।

यस्तै समुह एच अन्तर्गत नै भएको पेरिस सेन्ट जर्माइन(पिएसजी) र इस्तानाबुल बसिकशेहरसँगको खेल भने स्थगित भएको छ । खेलको १४  औँ मिनेटमा युएफाका ‘फोर्थ अफिसियल’ ले इस्तानाबुलका शहायक प्रशिक्षक पिएरे वेब्बोलाई रङ्गभेदी टिपणी गरेको आरोप लागेको थियो । रङ्गभेद भएको बताए पछि दुवै टोलीका खेलाडीहरुले मैदान छोडेका थिए ।

यो घटना बारे बोल्दै युएफाले दुवै क्लबहरु सँग छलफल भएसँगै खेलमा बाकीं रहेको खेल आज नेपाली समय अनुसार ११:४५ मा हुने जनाएको छ । खेल १४ मिनेटबाटै पुन सुचारु हुने पनि युएफाले बताएको छ ।

यस्तै तीन वर्ष पछि लियोनल मेस्सी र क्रिष्चियानो रोनाल्डो भेट भएको खेलमा भने युभेन्टस ३-० ले बिजयी भएको छ । युभेन्टसका लागि रोनाल्डोले दुई तथा वेष्टन म्याकिन्नीले एक गोल गरेका थिए ।

खेलको १३ औं मिनेटम रोनाल्डोले पेनाल्टीमा गोल गर्दै युभेन्टसलाई अग्रता दिलाएका थिए । रोनाल्डोलाई नै पेनाल्टी क्षेत्रभित्र रोनाल्ड अरौजोले लडाएपछि रेफ्रीले पेनाल्टी दिएका थिए ।

२० औं मिनेटमा युभेन्टसका लागि मिड्फिल्डर वेष्टन म्याकिन्नीले गोल गारेका थिए । युवान क्वाडराडोको क्रसमा म्याकिन्नीले उत्कृष्ट भली गोल गरेका थिए ।

क्याम्प नोउमा दोस्रो हाफको सुरुवातमै युभेन्टसले अर्को पेनाल्टी पाएको थियो । क्लेमेन्ट लेङलेटले पेनाल्टी क्षेत्रभित्र ह्यान्ड गरेपछि रेफ्रीले पेनाल्टी दिएका थिए । उक्त पेनाल्टीलाई रोनाल्डोले ५२ औं मिनेटमा गोलमा परिणत गर्दै युभेन्टसलाई ३-० को अग्रता दिलाए ।

बार्सिलोनाले राम्रो मौकाहरु बनाए पनि गोल भने गर्न सकेन त्यही कारण पनि बार्सिलोना २००३ देखी पहिलो पटक युभेन्टससँग क्याम्प नोउमा पराजित भएको छ । हारसँगै बार्सिलोनाको सात वर्ष लामो घरमा नहारेको किर्तिमान पनि टोडिएको छ ।

यस जितसँगै युभेन्टस अंक तालिकाको शीर्षस्थानमा रहेर अन्तिम १६ मा प्रवेश गरेको छ । युभेन्ट्स र बार्सिलोना दुवैको ६ खेलमा १५ अंक भएपनि हेड टु हेडमा युभेन्टस अघि रहेको हो । तेस्रो स्थानमा भने डिनामो किएभ रह्यो भने चौँथोमा फेरेन्चकार्भोस रहेको थियो ।

यस्तै हिजै भएका अन्य खेलहरुमा चेल्सी र क्रास्नाडोरले १-१, क्लब ब्रुग र लाजियोले २-२ को बराबरी खेले पनि बोरुसिया डर्ट्मण्डले जेनिटलाई २-१ र सेभियाले रेनेसलाई ३-१ ले हराएको छ ।

 

Click to comment

Trending