Headline

पान्ड्याले टि नटराजनलाई दिए आफुले पाएको प्लेयर अफ द सिरिज

Published

on

अष्ट्रेलिया विरुद्धको ट्वान्टी ट्वान्टी शृंखलामा भारतका अलराउण्डर हार्दिक पान्ड्या प्लेयर अफ द सिरिज घोषित भए । तर उनले आफुले पाएको उक्त अवार्ड टि नटराजनलाई दिए ।

पान्ड्याले आफ्नो अवार्ड नटराजनलाई दिने निर्णय लिए पछि उनलाई सामाजिक संजालमा समर्थकहरुले बधाई दिएका छन् भने उनको यसको कदम प्रति सबैले खुशी पनि व्यक्त गरेका छन् ।

ट्वान्टी ट्वान्टी शृंखलामा तीन खेल खेल्दै उनले छ विकेट हात पारेका थिए । पहिलो खेलमा ३० रन खर्चिएर तीन विकेट लिएका नटराजनले दोश्रो खेलमा किफायती बलिङ गर्दै २० रन खर्चिएर दुई विकेट हात पारे । आज सम्पन्न तेश्रो खेलमा भने उनले एक विकेट मात्र हात पार्न सके ।

अष्ट्रेलिया भ्रमणका लागि सुरुवातमा नेट बलरका रुपमा भारतको टोलीसँगै अष्ट्रेलिया उडेका नटराजनले तेश्रो एकदिवसीय खेलमा डेब्यु गर्ने मौका पाएका थिए । डेब्यु खेलमा महंगो साबित हुँदै ७० रन खर्चिए पनि दुई विकेट हात पारे ।

Click to comment

Trending