Headline

प्रशिक्षकसँग झगडा परेपछि ब्राजिलियन हल्कले चाइनिज सुपर लिग क्लब छोडे

Published

on

चाइनिज सुपर लिगमा हाइ प्रोफाइल सम्झौतामा सांघाई एसआईपिजीमा चार बर्ष देखि खेलिरहेका ब्राजिलियन फुटबलरको चिन आफ्नो क्लबका प्रशिक्षकसँगको टकरावपछि निकै निराशाजनक रुपमा अन्त्य भएको छ ।

यही महिना आफ्नो सम्झौताको अन्त्य हुनु अघि हल्क एसियन च्याम्पियन्स लिग अन्तर्गत भिसेल कोबेबिरुद्धको अन्तिम १६ खेलमा थिएनन् । पुर्व स्पेन तथा बार्सिलोना लेजेण्ड आन्द्रेस इनिएस्टाले गोल गरेपछि भिसेल कोबेले सांघाइलाई २–० ले हराउदै क्वार्टर–फाइनलमा स्थान बनाएको थियो ।

“मलाई आफ्नो घर जस्तो महसुस गराएको सांघाई क्लबलाई गुडबाई भन्ने दिन आज हो,” चिनले फेसबुकको काउन्टरमा निकालेको सामाजिक सञ्जाल वेबोमा लेख्दै हल्कले आफ्ना चिनिया समर्थकहरुलाई सम्बोधन गरे ।

प्रशिक्षक भिटोर हेरेराले हल्कमा सही जोशको अभाव रहेको भन्दै पुर्व पोर्टो स्टारलाई यसअघिका तीन वटा च्याम्पियन्स लिग खेलमा पनि बेञ्चमै थन्काइदिएका थिए ।

योकोहामा एफ मरिनोजबिरुद्ध समुह चरणमा १–० ले पराजित भएको खेलमा सब्स्टिच्युट हुदा हल्कले टनेलमा प्रवेश गर्नुअघि पेरेरासँग एकाहोरो बाद बिवाद गरेका थिए ।

२०१६ मा रुसी क्लब जेनिट सेन्ट पिटर्सबर्गबाट त्यो समयको किर्तिमानी एसियन ट्रान्सफर रकम ५५ दशमलव ८ मिलियन युरोमा सांघाई आएका हल्कले आफूलाई सोमबारको खेलमा ड्रप गर्नुअघि नै आफुले सम्झौता नलम्ब्याउने स्पष्ट पारेका थिए ।

गत बर्ष इङ्गलिस प्रिमियर लिग टोली एभर्टनको व्यवस्थापन सम्हाल्ने सम्भावितहरुको सुचिमा रहेका पेरेराको बिषयमा हल्कले आफ्नो सामाजिक सञ्जालमा उल्लेख समेत गरेका थिएनन् ।

“यो चार बर्षको दौरान मलाई न्यानो स्वागत दिएका सांघाई समर्थकहरु प्रति म निकै कृतज्ञ छु,” ब्राजिलका लागि ४८ खेलमा ११ अन्तर्राष्ट्रिय गोल गरेका हल्कले लेखेका छन् ।

२०१८ मा सांघाईले चाइनिज सुपर लिग जित्दाका कप्तान उनले आफ्ना टिमका साथीहरु र क्लबको बोर्डलाई पनि धन्यवाद दिएका थिए । तर २०१८ मै लिग जित्दाका प्रशिक्षक पेरेराका बारेमा उनले एक शब्द पनि खर्च गरेनन् ।

उनले लेखेको पोस्टमा पेरेरा अघि सांघाईका प्रशिक्षक रहेका आन्द्रेस भिलास बोआसको भने तस्विर राखेका थिए । हल्क अहिले पनि चिनिया फुटबलमा सबैभन्दा बढी रकममा अनुबन्धित हुने खेलाडी हुन् ।

अर्का ब्राजिलियन स्टार ओस्कारसँगै चिनमा सबैको मन जितेका हल्कले हरेक दुई खेलमा सांघाईका लागि एक गोल गरेका थिए । चिनले बिदेशी प्रशिक्षक र खेलाडीहरुमा प्रशस्त पैसा खर्च गर्दै बिश्वमा समाचार बनाइरहेको समयमा हल्कको सम्भौता अग्रपंक्तिमा रहेको थियो ।

Click to comment

Trending