Headline

एन्फा र एपीएफ बिच एकेडेमी सन्चालन गर्ने सम्झौतामा हस्ताक्षर

Published

on

अखिल नेपाल फुटबल संघ (एन्फा) र सशस्त्र प्रहरी बल (एपीएफ) को बिद्यालय बिच युवा खेलाडी बिकासका लागि एकेडेमी खोल्ने सम्झौतामा हस्ताक्षर भएको छ । एन्फा र एपीएफ बिच भएको यो सम्झौतामाका अनुसार नेपाल एपीएफ स्कुलमा युवा खेलाडी बिकासका लागि फुटबल एकेडेमी स्थापना गरिने छ ।

एन्फा र एपीएफ बीच भएको सम्झौता ६ वर्षको हुने छ ।

सम्झौता पत्रमा एन्फा अध्यक्ष शेर्पा र नेपाल एपीएफका पुष्पराम केसीले हस्ताक्षर गरेका थिए भने सम्झौता अनुसार एन्फा र एपीएफ एकेडेमीको टेक्निकल टिमले देशभरबाट २१ खेलाडी छनोट गर्नेछ ।

जसबाट छानिएका १४ खेलाडीहरुलाई एन्फा र एपीएफले प्रायोजन गर्नेछ । प्रायोजन पछि खेलाडीको कक्षा १२ सम्मको शिक्षा सहितको सम्पूर्ण खर्च ब्यहोर्नेछन् ।

“हामीलाई एपीएफको विद्यालयलाई फुटबल एकेडेमीको रुपमा स्थापना गर्ने सम्झौतामा हस्ताक्षर गर्न पाउँदा निकै गर्व महशुश भईरहेको छ । यो खेलाडी तथा प्रशिक्षकको विकासका लागि ऐतिहिासिक सम्झौता हो । धेरै क्षमता भएका नेपाली फुटबलरको बाटो खोल्ने हाम्रो लक्ष्य हो।” सम्झौता पत्रमा हस्ताक्षर गर्दै एन्फा अध्यक्ष कर्मा छिरिङ्ग शेर्पाले भने ।

एन्फा र एपीएफको यो कदमले युवा खेलाडीहरुको शिक्षा र फुटबल गतिविधी राम्रो हुनुका साथ-साथै फुटबल अझै व्यवसाहिक हुने मानिएको छ ।

 

Click to comment

Trending