Headline

अष्ट्रेलियाको रोमान्चक जित, भारतलाई शृंखला

Published

on

भारतीय क्रिकेट टोलीका कप्तान बिराट कोहलीले अर्धशतक प्रहार गरे पनि तेश्रो तथा अन्तिम ट्वान्टी ट्वान्टी खेलमा अष्ट्रेलियाले १२ रनको रोमान्चक जित हात पारेको।

आजको जितका बाबजुद अष्ट्रेलियाले तीन खेलको शृंखला २-१ ले गुमाउन पुगेको छ। पहिलो ट्वान्टी ट्वान्टीमा घरेलु टोली माथि ११ रनको रोमान्चक जित हात पारेको भारतले दोश्रो खेलमा छ विकेटको सहज जित दर्ता गराएको थियो ।

जितका लागि १८७ रनको चुनौतीपूर्ण लक्ष्य लिएर ब्याटिङमा आएको भारतले पुरै २० ओभर खेल्दै सात विकेटको नोक्सानीमा मात्र १७४ रन बनाउन सक्यो।

भारतको लागि कप्तान विराट कोहलीले सर्वाधिक ८५ रन बनाए पनि आफ्नो टोलीलाई जित भने दिलाउन सकेनन्।६१ बलको सामना गरेका उनले चार चौका र तीन छक्का प्रहार गरे।

भारतले पनि खेलमा राम्रो सुरुवात गर्न सकेन ।ओपनर केएल राहुल शुन्य रनमा आउट भए भने अर्का ओपनर शिखर धवनले पनि २८ रन भन्दा जोड्न सकेनन्।सन्जु सामसन १०, श्रेयस ऐयर गोल्डेन डकआउट भए भने हार्दिक पाण्डेयाले पनि २० रनको पारी भन्दा खेल्न सकेनन्।

अष्ट्रेलियाको जितमा मिचेल स्वेपसनले सर्वाधिक तीन विकेट हात पारे।

यस अघि खेलमा टस हारेर पहिले ब्याटिङ गरेको अष्ट्रेलियाले पुरै २० ओभर खेल्दै पाँच विकेटको नोक्सानीमा १८६ रन बनायो ।

अष्ट्रेलियाले सुरुवात भने राम्रो गर्न सकेन । उसका कप्तान तथा ओपनर आरोन फिंच रनको खाता पनि नखोली आउट भए भने स्टिभ स्मिथले पनि २४ रन भन्दा जोड्न सकेनन् ।

ओपनर वेडले सर्वाधिक ८० रन बनाए भने म्याक्सवेलले पनि ५४ रनको पारी खेले ।वेडले ५३ बलमा सात चौका र दुई छक्का तथा म्याक्सवेलले ३६ बलमा समान ३-३ चौका र छक्का प्रहार गरे ।

भारतका वाशिंगटन सुन्दरले सर्वाधिक दुई विकेट लिए भने शार्दुल ठाकुर र टि नटराजनले समान १-१ विकेट आफ्नो नाममा दर्ता गराए।

अब अष्ट्रेलिया र भारत चार खेलको टेस्ट शृंखलामा भिड्ने छन्। पहिलो टेस्ट डिसेम्बर १६ तारिखबाट एडिलेडमा सुरु हुनेछ।

Click to comment

Trending