अन्तर्राष्ट्रिय

वेड र म्याक्सवेलको अर्धशतकमा भारतलाई अष्ट्रेलियाको चुनौतीपूर्ण लक्ष्य

Published

on

म्याथु वेड र ग्लेन म्याक्सवेलले अर्धशतक प्रहार गरेसँगै घरेलु टोली अष्ट्रेलियाले भारतलाई तेश्रो तथा अन्तिम ट्वान्टी ट्वान्टीमा १८७ रनको चुनौतीपूर्ण लक्ष्य दिएको छ।

खेलमा टस हारेर पहिले ब्याटिङ गरेको अष्ट्रेलियाले पुरै २० ओभर खेल्दै पाँच विकेटको नोक्सानीमा १८६ रन बनायो ।

अष्ट्रेलियाले सुरुवात भने राम्रो गर्न सकेन । उसका कप्तान तथा ओपनर आरोन फिंच रनको खाता पनि नखोली आउट भए भने स्टिभ स्मिथले पनि २४ रन भन्दा जोड्न सकेनन् ।

ओपनर वेडले सर्वाधिक ८० रन बनाए भने म्याक्सवेलले पनि ५४ रनको पारी खेले ।वेडले ५३ बलमा सात चौका र दुई छक्का तथा म्याक्सवेलले ३६ बलमा समान ३-३ चौका र छक्का प्रहार गरे ।

भारतका वाशिंगटन सुन्दरले सर्वाधिक दुई विकेट लिए भने शार्दुल ठाकुर र टि नटराजनले समान १-१ विकेट आफ्नो नाममा दर्ता गराए।

तीन खेलको शृंखलामा भारत २-० ले अघि रहेको छ । आजको खेलमा जित निकाल्न सकेको खण्डमा भारतले तीन खेलको शृंखलामा अष्ट्रेलिया माथि एक भन्दा धेरै पटक क्लिन स्विप गर्ने पहिलो टोली बन्ने छ । पहिलो ट्वान्टी ट्वान्टीमा घरेलु टोली माथि ११ रनको रोमान्चक जित हात पारेको भारतले दोश्रो खेलमा छ विकेटको सहज जित दर्ता गराएको थियो ।

Click to comment

Trending