Headline

किर्तिमानी क्लिन-स्विप गर्ने लक्ष्य सहित भारतले अष्ट्रेलियाको सामना गर्दै 

Published

on

घरेलु टोली अष्ट्रेलिया माथि किर्तिमानी क्लिन-स्विप गर्ने लक्ष्य सहित पाहुना टोली भारतले तेश्रो तथा अन्तिम ट्वान्टी ट्वान्टी अन्तराष्ट्रिय खेल खेल्दै छ । सिड्नीमा हुने खेल नेपाली समय अनुसार दिउँसो १:५५ बजे सुरु हुनेछ ।

तीन खेलको शृंखलामा भारत २-० ले अघि रहेको छ । आजको खेलमा जित निकाल्न सकेको खण्डमा भारतले तीन खेलको शृंखलामा अष्ट्रेलिया माथि एक भन्दा धेरै पटक क्लिन स्विप गर्ने पहिलो टोली बन्ने छ ।

तीन खेलको ट्वान्टी ट्वान्टी शृंखलामा अष्ट्रेलिया अहिले सम्म पाकिस्तान र भारतसँग समान १-१ पटक ह्वाईटवास भएको थियो भने आज भारतले खेल जितेमा अष्ट्रेलिया माथि ट्वान्टी ट्वान्टी शृंखलामा दुई ह्वाईटवास गर्ने पहिलो टोली बन्ने छ ।  भारतले सन् २०१६ मा उसकै घरेलु मैदानमा पहिलो पटक अष्ट्रेलिया माथि क्लिन स्विप गरेको थियो भने सन् २०१८ मा पाकिस्तानले युएईमा क्लिनस्विप गरेको थियो ।

पहिलो ट्वान्टी ट्वान्टीमा घरेलु टोली माथि ११ रनको रोमान्चक जित हात पारेको भारतले दोश्रो खेलमा छ विकेटको सहज जित दर्ता गराएको थियो ।

Click to comment

Trending