Headline

च्याम्पियन्स लिग: मेस्सी र रोनाल्डो भिड्दै, म्यानचेस्टर युनाइटेडको लाइपजिगबिरुद्ध महत्वपूर्ण खेल

Published

on

च्याम्पियन्स लिग २०२०/२०२१ अन्तर्गत आज समुह चरणका अन्तिम खेलहरु हुँदै छन् । पहिलो खेलमा समुह चरणबाट निस्किसकेको जेनेटले बोरुसिया डर्ट्मण्डसँग खेल्दै छ भने त्यही समुह एफ अन्तर्गत क्लब ब्रुग र लाजियो बिच अन्तिम १६ मा जानका लागि महत्वपूर्ण खेल हुँदै छ । क्लब ब्रुग र लाजियो बिचमा जसले जित हात पार्ने छ त्यो अन्तिम १६ मा स्थान बनाउने छ भने बराबरी भएको खण्डमा लाजियो अगाडि बढ्ने छ ।

यी दुवै खेलहरु नेपाली समय अनुसार ११:४५ मा सुरु हुने छन् ।

यस्तै दुवै टोलीले अन्तिम १६ मा स्थान बनाइसके पनि आज क्रिष्चियानो रोनाल्डोको युभेन्टस र लियोनल मेस्सीको बार्सिलोना आमने-समाने हुँदै छन् । अन्तिम पटक २०१८ मा एक-अर्का विरुद्ध देखा परेका यी दुई महान खेलाडीहरु आज तीन वर्ष पछी एकै साथ देखा पर्ने छन् ।

युभेन्टस र बार्सिलोना समुह जि बाट अन्तिम १६ मा पुगिसकेका छन् । युभेन्टस विरुद्ध भएको आफ्नो पहिलो खेलमा युभेन्टसलाई २-० ले हराएको बार्सिलोनाले युभेन्टससँग आफ्नो पछिल्ला चार भेटमा एक खेलमा पनि पराजित भएका छैनन् । क्याम्प नोउमा अन्तिम पटक २००३ मा  बार्सिलोनालाई हराएको युभेन्टसलाई आज क्याम्प नोउ जित निकाल्ने मौका हुने छ ।

यो खेल नेपाली समय अनुसार १:४५ मा सुरु हुने छ ।

यस्तै अर्को महत्वपूर्ण खेलमा समुह एच अन्तर्गत म्यानचेस्टर युनाइटेडले आरबी लाइपजिग र पेरिस सेन्ट जर्माइन(पिएसजी)ले इस्तानाबुल बसिकशेहरसँग खेल्दै छ । युनाइटेड लाइपजिगसँग पराजित हुने र   पिएसजीले इस्तानाबुललाई हराउने हो भने पिएसजी र लाइपजिग अन्तिम १६ मा पुग्ने छन् । तिनै टोली ९ अंकका रहेका कारण यी खेलहरु निकै रोमान्चक हुने देखिन्छ ।

युनाइटेड र लाइपजिग विरुद्धको खेललाई युनाइटेडका सबै खेलाडी फिट रहेको प्रशिक्षक ओले गन्नर सोल्सायरले बताए पनि युनाइटेड पाउल पोग्बाको भविष्य बारे अनिश्चित रहेको छ । लाइपजिग पनि अघिल्लो वर्षको सेमीफाइनल खेलेका कारण अन्तिम १६ पुग्नका लागि दवाब रहेको छ ।

यता पिएसजी पनि समुहबाट बाहिरीसकेको इस्तानाबुल बसिकशेहरसँग खेल्दै छ । यो खेलमा जित निकाल्न नसकेमा पिएसजी यो पटकको च्याम्पियन्स लिगबाट बाहिरिने छ ।

यो खेल नेपाली समय अनुसार १:४५ बजे सुरु हुने छ ।

यस्तै अन्य खेलहरुमा चेल्सीले क्रास्नाडोरसँग,डाइनामो किएभले फेरेन्कार्भोस र रेनीसले सेभियासँग खेल्दै छ ।

Click to comment

Trending