Headline

बालोटेली इटालीको दोश्रो डिभिजनको क्लबमा

Published

on

बिवादास्पद इटालियन फुटबल मारियो बालोटेलीले इटालीका पुर्व प्रधानमन्त्री सिल्भियो बर्लुस्कोनीको इटालियन सिरी बि टोली मोन्जासँग अनुबन्धन गरेका छन् ।

मोन्जाले सार्वजनिक गरेको जानकारी अनुसार बालोटेलीले जुन सम्मका लागि सम्झौता गरेका हुन् भने उनको तलबको बारे केही उल्लेख गरिएको छैन । बर्लुस्कोनी यसअघि एसि मिलनका अध्यक्ष रहदा २०१३ र २०१४ को सिजनमा बालोटेली त्यहाबाट खेलेका थिए ।

जनवरी २०१३ मा मिलान पुगेका बालोटेलीले १२ गोल गर्दै टिमलाई च्याम्पियन्स लिगसम्म डोर्याउन प्रमुख भुमिका निर्वाह गरेका थिए । मोन्जामा यसअघि बालोटेलीसँगै मिलानमा खेलेका घाना मिडफिल्डर केभिन प्रिन्स बोआटेँग पनि रहेका छन् ।

इटालीका लागि ३६ खेलमा १४ गोल गरेका ३० बर्षिय बालोटेलीले गत सिजन प्रथम श्रेणीमा ब्रेसियाका लागि खेलेका थिए तर उक्त टोली रेलिगेट हुन पुगेको थियो । बालोटेलीलाई बिवादास्पद रुपमै ब्रेसियाबाट निकालिएको थियो ।

Click to comment

Trending