Headline

बिश्वकप युरोपियन छनोटको ड्र सार्वजनिक, कुन समुहमा कुन टोली?

Published

on

डिफेन्डिङ्ग च्याम्पियन फ्रान्स २०२२ कतार बिश्वकपको युरोपियन छनोट चरणमा समुह डी मा युक्रेनसँगै परेको छ । सोमबार राति सार्वजनिक ड्रमा फ्रान्सले बोस्निया हर्जगोभिना, कजाख्स्थान र फिनल्याण्ड पनि प्रतिद्वन्दी पाएको छ ।

२०१८ को बिश्वकप सेमिफाइनलिस्ट इङ्गल्याण्डले भने समुह चरणमा निकै सहज प्रतिद्वन्दीहरु पाएको छ । समुह आइमा इङ्गल्याण्डले अल्बानिया, एन्डोरा, सान मारिनोको सामना गर्नेछ भने उसको लागि सबैभन्दा कठिन प्रतिद्वन्दी हँगेरी र पोल्याण्ड रहेका छन् ।

इटालीमा अक्टोबरमा हुने नेसन्स लिग फाइनल खेल्ने भएका कारण फ्रान्सको समुहमा मात्र पाँच टिम रहेका हुन् । इङ्गल्याण्डले सातौं पटक बिश्वकप छनोट चरणमा आफ्नो समुहमा पोल्याण्डलाई पाएको हो । पोल्याण्डसँगै २–० ले पराजित हुदा इङ्गल्याण्ड १९७४ बिश्वकपमा प्रवेश गर्न असफल भएको थियो ।

जुरिचमा फिफा हेडक्वार्टरमा कोरोना भाइरसका कारण टाइ सिट ड्र समारोह भर्चुवल रुपमा भएको थियो । मार्च देखि शुरु हुने युरोपियन छनोटबाट १३ टोली बिश्वकपमा छनोट हुनेछन् ।

मार्चमा तीन चरणका खेलहरु हुनेछन् भने सेप्टेम्बरमा तीन र अक्टोबर र नोभेम्बरमा दुई–दुई चरणका खेलहरु हुनेछन् । समुह चरणका १० बिजेताहरु सिधै बिश्वकपमा छनोह हुनेछन् भने १० रनर अप प्लेअफमा नेसन्स लिगको समुह चरणका बिजेता भएर पनि फाइनल्समा खेल्न नसकेका दुई टोलीसँगै खेल्नेछन् ।

मार्च २०२२ मा हुने १३ टिमको प्लेअफबाट थप तीन टोली बिश्वकपका लागि छनोट हुनेछन् ।

बिश्वकप युरोपियन छनोटको ड्र यस प्रकार छः

Click to comment

Trending