Headline

म्यानचेस्टर युनाइटेड छोड्दै पउल पोग्बा

Published

on

फ्रेञ्च मिडफिल्डर पउल पोग्बाले इङ्गलिस प्रिमियर लिग क्लब म्यानचेस्टर युनाइटेड छोड्ने भएका छन् । पोग्बाका एजेन्ट मिनो रायोलाले यसलाई पुष्टि गरेका हुन् ।

यसै सप्ताहन्त वेष्ट ह्यामबिरुद्ध युनाइटेडले ३–१ को पनरागमन जित रच्दा पोग्बाले उत्कृष्ट गोल गरेका थिए तर अब उनले ओल्ड ट्राफोर्ड छोड्ने भएका छन् । यसअघि नेसन्स कपमा सहभागिता जनाउदा पोग्बाले फ्रान्सका लागि खेल्दा आफूले आनन्दको साँस फेरेको र सोमबार नै रायोलाले उनको व्यवस्थापक ओले गुनर सोल्सायरको उपस्थितिमा युनाइटेडमा कुनै भविष्य नरहेको बताएका छन् ।

युएफा च्याम्पियन्स लिगको महत्वपूर्ण खेल अघि सोल्सायर यो समाचारले खुशी भने हुने छैनन् । रायोलालाई इटालीमा टुटोस्पोर्टलाई दिएको अन्तर्वार्तामा पोग्बाको अबको भविष्यको बिषयमा बोलेका थिए ।

“पोग्बाको म्यानचेस्टर युनाइटेड बसाइ अब समाप्त भएको छ,” रायोलाले भने । पोग्बा र रायोलाले यसअघि नै यस बिषयमा बारम्बार कुरा गर्दै आइरहेको हुदा यो कसैको लागि अचम्मको कुरा भने नहुन सक्छ ।

पोग्बाले युनाइटेडका लागि नियमित रुपमा खेलिरहेका छैनन् भने ब्रुनो फर्नान्डेज अहिले उसको मुख्य मिडफिल्डर बनिसकेका छन् । पोग्बाले खेल्न पाएका मौकाहरुमा गल्ति दोहोर्याइरहेका छन् भने युनाइटेडको टोलीमै उनको स्थान हुने जस्तो देखिरहेको छैन ।

अबको समर ट्रान्सफरमा यदि पोग्बालाई बेच्ने हो भने उनको ट्रान्सफर शुल्क निकै कम हुने भएकाले युभेन्टस, रियल म्याड्रिड लगायतका केही ठूला क्लबहरुले उनलाई लिन सक्छन् । पोग्बा आफैले आफ्नो इच्छा रियल म्याड्रिडबाट खेल्ने रहेको बताउदै आएका थिए ।

Click to comment

Trending