Headline

अपराजित बक्सिङ्ग लेजेण्ड फ्लोएड मेवेदर सन्यास तोडेर युट्युबरसँग भिड्दै

Published

on

पुर्व पाँच तौल समुहका वल्र्ड च्याम्पियन फ्लोएड मेवेदरले फेब्रुवरी २०२१ मा एक बिशेष फाइटमा युट्युबर लोगन पउलसँग भिड्ने घोषणा गरेका छन् ।

४३ बर्षिय अमेरिकन बक्सर मेवेदरले आफ्नो करिअर अवधिभर अपराजित रहदै ५० फाइट जितेपछि सन्यास लिएका थिए । बक्सिङ्ग इतिहासकै किर्तिमानी रकम उठेको खेलमा मेवेदरले २०१७ मा मिक्स्ड मार्सियल आर्ट्सका सनसनी कोनोर म्याकग्रेगरलाई पराजित गरेका थिए । त्यस यता उनले खेलेका छैनन् ।

२५ बर्षिय पउलले एक पटक मात्र खेलेको व्यवसायिक फाइटमा अर्का युट्युबर केएसआईलाई २०१९ मा हराएका थिए ।

युट्युबमा २२ मिलियन सब्सक्राइबर रहेका पउलले मेवेदरलाई धेरै पटक उक्साउदै आएका छन् भने दुवैले सामाजिक सञ्जालमा एक अर्कालाई बेइज्जत गरिरहदा कैयौं महिनासम्म यी दुई बीचको फाइट हुने आंकलन गरिएको थियो ।

गत हप्ता सामाजिक सञ्जालमै इन्फ्लुएन्सर रहेका पउलका भाइ जेकले माइक टाइसन र रोय जोन्सको प्रदर्शनी खेलका दौरान रिङ्गमा उत्रदा एनबिए खेलाडी नेट रबिन्सनलाई हराएका थिए ।

फेब्रुवरी २० मा हुने पउल र मेवेदरबीचको खेलले उल्लेख्य संख्यामा टेलिभिजनमा दर्शकलाई आकर्षित गर्दै राम्रै पैसा उठ्न सक्ने अनुमान गरिएको छ । उक्त खेलका लागि अमेरिकी जनताले आफ्नो टेलिभिजनमा हेर्नका लागि पैसा तिनु पर्ने छ । ‘मनि मेवेदेर’ का नामले पनि चर्चित फ्लोएड मेवेदरले एक युट्युबरसँग म्याचका लागि सहमति जनाएपछि पैसाको लागि उनले साख गिराएको भन्दै आलोचना गर्नेहरु पनि टन्नै छन् ।

डिसेम्बर २०१८ मा मेवेदरले जापानिज किक बक्सर तेन्सिन नासुकावासँग खेलेको प्रदर्शनी खेलले ९ मिलियन डलर कमाएको रिपोर्टहरु सार्वजनिक भएको थियो । मेवेदरले नासुकावालाई १ सय ४० सेकेण्डमै हराएका थिए ।

Click to comment

Trending