Headline

च्याम्पियन्स लिगः रसिया ट्रिपमा डर्टमण्डले प्रमुख ८ खेलाडी गुमाउने

Published

on

बोरुसिया डर्टमण्डले च्याम्पियन्स लिग अन्तर्गत रसियन क्लब जेनिट सेन्ट पिटर्सबर्गबिरुद्धको खेलका लागि आफ्ना ८ प्रमुख खेलाडी गुमाउने भएको छ ।

यसअघि नै प्रि–क्वार्टरफाइनलमा स्थान बनाइसकेको डर्टमण्डले खेलमा जित हात पार्ने हो भने आफ्नो समुहको बिजेतको रुपमा अन्तिम १६ मा प्रवेश गर्नेछ । खुट्टामा लागेको चोटका कारण डर्टमण्डले स्टार स्ट्राइकर एर्लिङ हालान्डलाई जनवरीसम्मका लागि गुमाइसकेको छ भने मिडफिल्डरहरु थोमस डेलानी, राफेल गुरेरो, महमुद दाहुद र माटिउ मोरे पनि चोटका कारण खेल्न सक्ने छैनन् ।

डिफेन्डरद्वय थोमस मुनियर र मानुएल अकान्जी पनि चोटग्रस्त खेलाडीहरुको सुचीमा रहेका छन् । यस्तै १८ बर्षिय ब्राजिलियन खेलाडी रेनियर पनि कोरोना भाइरस संक्रमणपछि खेलमा फर्किनका लागि तैयार भइसकेका छैनन् ।

“हामी सतर्क रहन आवश्यक छ । यस्तो स्थितिमा हामीले खेलाडीहरुलाई पालै पालो मौका दिनुपर्छ,” डर्टमण्ड प्रशिक्षक लुसियन फाभ्रेले भने । रुसमा डर्टमण्डले मँगलवार जित हात पार्ने हो भने समुह एफबाट बिजेतको रुपमा अर्को चरण पुग्नेछ ।

प्रमुख खेलाडीहरु चोटका कारण बाहिरिदा १६ बर्ष १८ दिनका स्ट्राइकर युसुफा मुकोको च्याम्पियन्स लिग खेल्ने सबैभन्दा कान्छा खेलाडी बन्दै नयाँ इतिहास रच्न सक्छन् ।

Click to comment

Trending