Headline

पुर्व स्पेन लेजेण्ड इनिएस्टाको जापानी क्लबका लागि प्रेरणादायी प्रदर्शन

Published

on

पुर्व स्पेन तथा बार्सिलोना लेजेण्ड आन्द्रेस इनिएस्टाले गोल गर्दा जापानी क्लब भिसेल कोबे चिनको सांघाई सिआईपिजीमाथि २–० को जित हात पार्दै एसियन च्याम्पियन्स लिगको क्वार्टर–फाइनलमा प्रवेश गरेको छ ।

सोमबार दोहामा भएको खेलका लागि जापानी टोली मिश्रित भावनका साथ मैदानमा उत्रिएको थियो । यसै बर्षको शुरुवातमा जापानको माथिल्लो लिगमा इम्पेरर कप र सुपर कप जितेको थियो तर नोभेम्बरमा भने लगातार पाँच वटा जे लिग खेलमा पराजय व्यहोर्न पुगेको थियो ।

सोमबारको परिणामले भने भिसेल कोबेलाई महादेशीय क्लब उपाधिबाट मात्र तीन जित टाढा पुर्याएको छ । प्रतियोगिता शुरु हुदा भिसेल कोबेलाई कसैले पनि यति लामो यात्रा तय गर्ने सोचेका पनि थिएनन् । भिसेल कोबेका प्रशिक्षक आत्सुहिरो मिउराका लागि एक मात्र झड्का इनिएस्टाको इन्जुरी हो । इनिएस्टा ६५ औं मिनेटमा तिघ्रामा चोट लागेपछि मैदानबाट बाहिरिएका थिए ।

नोभेम्बर २५ मा अर्को चिनिया क्लब ग्वांवझाउ एभरग्राण्डेमाथि ३–१ को जित रच्दा प्रतियोगितामा पहिलो गोल गरेका इनिएस्टाले भिसेल कोबीका लागि प्रेरणादायी प्रदर्शन गरेका थिए । ३६ बर्षिय इनिएस्टाले आफूलाई चिनाएका पासहरु खेल्दै पोस्टमा पनि केही प्रहारहरु गरेका थिए ।

३१ औ मिनेटमा होतारु यामागुचीको पासमा इनिएस्टाले गोल गर्दै भिसेल कोबेलाई अग्रता दिलाएका थिए । दोश्रो हाफ शुरु भएको पाँच मिनेटपछि नै निसीले गोल गरेपछि जित सुनिश्चित भएको थियो ।

Click to comment

Trending