Headline

इङ्गल्यण्डका टिममा कोरोना देखिएपछि दक्षिण अफ्रिकाबिरुद्धको सिरिज रद्द

Published

on

भ्रमणकारी टोलीका दुई सदस्यलाई कोरोना भाइरस संक्रमण भएपछि इङ्गल्याण्ड र दक्षिण अफ्रिकाबीचको एकदिवसीय श्रृंखला रद्द भएको छ ।

इङ्गल्याण्ड टोली रहेको होटलका दुई स्टाफलाई कोरोना देखिएपछि शनिबार इङ्गल्याण्ड टोलीका सम्पूर्ण सदस्यलाई परिक्षण गराइएको थियो । शुक्रबारका लागि तय भएको पहिलो एकदिवसीय एक दक्षिण अफ्रिकी खेलाडीलाई संक्रमण भएपछि आइतबारका लागि स्थगित गरिएको थियो ।

तर शनिबार नै होटलका दुई स्टाफलाई कोरोना देखिएपछि आइतबार पनि पहिलो एकदिवसीय हुन सकेको थिएन । इङ्गल्याण्डको टोलीमै कोरोना संक्रमण भएपछि सोमबार र बुधबारका लागि तय गरिएका दुवै खेल पनि रद्द भएको छ ।

इङ्गल्याण्डले शनिबार आफ्नो टिमको सदस्यलाई संक्रमण भएको घोषणा गरेपनि हरेक सदस्यको छुट्टै टेस्ट गर्दै सिरिजको बिषयमा सोमबार निर्णय लिने बताएको थियो ।

Click to comment

Trending