Headline

साम्पडोरियालाई हराउदै मिलानले लियो शिर्ष स्थानमा पाँच अंकको अग्रता

Published

on

साम्पडोरियालाई २-१ ले हराउदै एसी मिलान सिरी आ को शिर्ष स्थानमा पाँच अंकको अग्रता लिएको छ ।

एसी मिलानका लागि फ्रान्क केस्सी र सामु कास्टेलेजोले गोल गरेका गरेका थिए भने साम्पडोरियाका लागि अल्बिन एक्दलले एक  गोल गरेका थिए ।

मिलानले पहिलो गोल ४५ औँ मिनेटमा पेनाल्टी मार्फत गरेका थियो । सान्द्रो टोनालीको प्रहारलाई थियो हर्नान्डेजले हेडर गर्दा ज्याकुव जान्कटोको हातमा लाग्दा रेफ्रीले मिलानलाई पेनाल्टी प्रदान गरेका थिए । जसमा मिलानका लागि फ्रान्क केस्सीले गोल गरे ।

पहिलो हाफमा १-० को अग्रता लिएको मिलानले दोस्रो हाफमा अर्को गोल गरेका थियो । मिलनका लागि सामु क्यास्टिलेजो दोस्रो गोल गरेका थिए । साम्पोडोरियाका लागि ८२औं मिनेटमा अल्बिन एक्दलले गोल गर्दे खेललाई २–१ को अवस्थामा ल्याए पनि हार टार्न सकेका थिएनन् ।

यस्तै हिजो भएको खेलमा नापोलीले क्रोटोनेलाई ४-० ले हराएको छ भने रोमा र सुस्साउलोले गोल रहित बराबरी खेलेका छन् ।

सिरी आ मा २६ अंकका साथ मिलन शिर्षमा रहेको छ भने २१ अंकका साथ मिलान,२० अंकका साथ नापोली र युभेन्टस क्रमस: तेस्रो चौँथो स्थानमा रहेका छन् ।

Click to comment

Trending