Headline

समर्थकको बीचमा चार गोल ठोक्दा क्लोपको ‘रौं ठाँडो’

Published

on

मार्च यता एन्फिल्डमा समर्थकहरु फर्किएको दिन उल्भ्समाथि सशक्त प्रदर्शन गर्दै ४–० को जित पाएपछि लिभरपुल व्यवस्थापक योर्गन क्लोपले आफ्नो रौं ठाडो भएको बताएका छन् ।

कोरोनाका कारण प्रिमियर लिगमा दर्शक प्रवेशमा अनुमति बन्द भएको अन्तरालमा लिभरपुलले ३० बर्षको उपाधिको पर्खाइ अन्त्य गरेको थियो । र यस दौरान लिभरपुलले उपाधिको खुशीयाली आफ्ना समर्थकहरुसँग मनाउन पाएको थिएन ।

आइतबार करिब दुई हजार दर्शक एन्फिल्डमा प्रवेश गर्दा लिभरपुलले बिगुल बजाउदै सशक्त प्रदर्शनका साथ समर्थकहरुलाई खुशी बनायो । मोहम्मदा सलाहले पहिलो हाफको एक मात्र गोल गर्दा उल्भ्सले कुनै पनि समय लिभरपुलमाथि दवाब कायम राख्न सकेन ।

दोश्रो हाफमा जर्जिनियो वाइनाल्डम, जोल म्याटिप र नेल्सन सेमेडोले आत्मघाती गोल गरेपछि लिभरपुलले फराकिलो जित हात पारेको थियो । लिभरपुलको टोटन्ह्यामसँगै २४ अंक भएको छ तर गोल अन्तरमा दोश्रो स्थानमा रहेको छ ।

“यो खेल, वातावरणले गर्दा मेरो रौं नै ठाडो भयो । उनीहरुले टिमको एन्थम गाएपछिको माहौल नै निकै राम्रो थियो । मलाई यो यति राम्रो लाग्छ भनेर कहिल्यै महसुस नै भएन । यो पछिल्लो पटक फेब्रुवरीमा मात्र भएको थियो र अब हामी बिस्तारै सामान्य जीवनमा फर्किदै गइरहेका छौं, क्लोपले भने ।

Click to comment

Trending