Headline

भारतबिरुद्धको दोश्रो ट्वान्टी ट्वान्टीमा अष्ट्रेलियाको बिशाल योगफल

Published

on

नियमित कप्तान आरोन फिन्चको स्थान लिएका म्याथ्यु वेडको अद्र्धशतकसँगै अन्य तीन ब्याट्स्म्यानको उल्लेखनीय योगदानमा अष्ट्रेलियाले भारतलाई दोश्रो ट्वान्टी ट्वान्टी अन्तर्राष्ट्रियमा जितका लागि १ सय ९५ रनको बिशाल लक्ष्य दिएको छ ।

सिड्नीमा चोटका कारण फिन्च अनुपस्थित भएपछि वेडले नै अष्ट्रेलियाको इनिङ्गसको शुरुवात गर्दा घरेलु टोलीेले २० ओभरमा पाँच विकेट गुमाउदै १ सय ९४ रन बनायो । निकै छरितो रुपमा रन बटुल्दै वेडले पहिलो विकेटका लागि डार्सि शर्ट (९) सँग पाँच ओभरभित्रै ४७ रन बटुलेका थिए । शर्टको विकेट पतनपछि स्मिथसँग २८ रन जोड्दा वेडले ३२ बलमा १० चौका र एक छक्का प्रहार गरेका थिए ।

वासिँगटन सुन्दरको बलमा उनको सहज क्याच कप्तान बिराट कोहलीले छोडेपनि स्मिथसँग तालमेल नमिल्दा वेड रनआउट भएका थिए । त्यसपछि स्मिथले ग्लेन म्याक्सवेल (२२) सँग ४५ रन जोडे भने मोइजेज हेन्रिकेस (१८) सँग ४७ । चाहलको बलमा हार्दिक पाण्ड्याको बलमा क्याच आउट हुनु अघि स्मिथले ३८ बलमा तीन चौका र दुई छक्काको मद्दतमा ४६ रन बनाए ।

दिपक चाहरको अन्तिम ओभरमा १७ रन बनाएपछि घरेलु टोली २ सय रनको योगफल नजिक पुगेको थियो । अष्ट्रेलियाले अझै बढी रन बनाउने थियो तर टि नटराजनले एक पटक फेरि उत्कृष्ट बलिङ्ग गरेका थिए । पहिलो ट्वान्टी ट्वान्टीमा पनि उत्कृष्ट डेब्यु गर्दै तीन विकेट लिएका बाया हाते सिमर नटराजनले आइतबार १९ रनमात्र खर्चदै दुई विकेट लिएका थिए ।

भारत र अष्ट्रेलिया दुवैले खेलमा तीन परिवर्तन गरेका छन् ।

Click to comment

Trending