Headline

युरोपियन राउन्ड-अप: बार्सिलोना काडिजसँग पराजित, बायर्न र लाइपजिगको रोमान्चक बराबरी, युभेन्टस बिजयी

Published

on

स्पेन

गएको साता च्याम्पियन्स लिगमा राम्रो प्रदर्शन गरे पनि बार्सिलोना स्पेनिस ला लिगा अन्तर्गत नव प्रवेशी काडिजसँग भएको खेलमा २-१ ले पराजित भएको छ ।

बार्सिलोनालाई हराउने क्रममा काडिजका लागि अल्भारो हिमिनेज र अल्भारो नेग्रेडोले गोल गरेका थिए । बार्सिलोनाले गरेको एक गोल भने उपहार स्वरुप अत्मघाती गोलको रुपमा पाएको थियो ।

खेल भरी काडिजलाई दवाबमा राखे पनि बार्सिलोना यो सिजन चौँथो पटक पराजय भोग्न बाध्य भएको थियो । खेलको आठौँ मिनेटमै काडिजले अग्रता लिएको थियो । काडिजका लागि पहिलो होल अल्भारो हिमिनेजले गरेका थिए । पहिलो हाफमा १-० ले अग्रता लिएको काडिजले दोस्रो हाफमा भने सुसाइड गोल मार्फत बार्सिलोनालाई खेलमा बराबरीमा ल्याएको थियो । काडिजका खेलाडी पेड्रो अल्कालाले जोर्डी अल्बाले गरेको क्रसलाई क्लियर गर्ने क्रममा आफ्नै पोस्टमा प्रहार गर्न पुगेका थिए ।

६३ औँ मिनेटमा भने काडिजले बिजयी गोल गर्न पुगेको थियो । बर्सिलोनाको डिफेन्सले गल्ती गरे पछि पाएको मौकालाई सदुपायोग गर्दै काडिजका लागि अल्भारो नेग्रेडोले गोल गरेका थिए ।

हारसँगै बार्सिलोना सातौँ स्थानमा रहेको छ भने हिजो भएको अर्को खेलमा भोलाडोइडलाई २-० ले पराजित गर्दै एट्लेटिको म्याड्रिड शिर्ष स्थानमा उक्लिएको छ भने सेभियालाई पराजित गर्दै रियल म्याड्रिड तेस्रो स्थानमा उक्लिएको छ ।

जर्मनी

जर्मन बुन्डेसलिगामा साविक बिजेता बायर्न म्युनिख र आरबी लाइपजिगले ३-३ गोलको रोमान्चक बराबरी खेलेका छन् ।

बयार्नका लागि थोमस मुलरले दुई र जमल मुसिआलाले एक गोल गरेका थिए । लापजिगका लागि भने क्रिस्टोफर उन्कुकु,जस्टिन क्लुवेर्ट र एमिल फोर्सबर्गले गोल गरेका थिए ।

खेलमा पहिलो गोल लाइपजिगले गरेको थियो । खेलको १९ औँ मिनेटमै पहिलो गोल गर्न सफल भएको लाइपजिगलाई उन्कुकुले १-० को अग्रता दिलाएका थिए तर खेलको ३० औँ मिनेटमा भने लाइपजिगले बराबरी गोल खान पुगेको थियो । बायर्नका लागि युवा खेलाडी जमल मुसिआलाले गोल गर्दै खेल बराबरीमा ल्याएका थिए । त्यस्को चार मिनेट नबित्दै फेरी बायर्नका लागि थोमस मुलरले दोस्रो गोल गरेका थिए । मुलरले गरेको गोलको दुई मिनेट नबित्दै फेरी लाइपजिगले खेल बराबरीमा ल्याउन सफल भएको थियो । लाइपजिगका लागि ३६ औँ मिनेटमा जस्टिन क्लुवेर्टले गोल गरेका थिए ।

पहिलो हाफ २-२ को बराबरीमा सकिएको खेलमा लाइपजिगले दोस्रो हाफको ४८ औँ मिनेट मै अर्को गोल गर्न सफल भयो । यो पटक भने लाइपजिगका लागि एमिल फोर्सबर्गले गोल गरेका थिए । तर ७५ औँ मिनेटमा भने बायर्नका लागि मुलर नायक बन्न पुगे । उनले गोल गर्दै बायर्नले ३-३ को बराबरी खेलेको थियो ।

बराबरीसँगै २३ अंक सहित बायर्न म्युनिख शिर्ष स्थानमा रहेको छ भने २१ अंकका साथ लाइपजिग दोस्रो र १९ का साथ बोरुसिया डर्ट्मण्ड तेस्रो स्थानमा रहेका छन् ।

इटाली

इटालीयन सिरी आ मा भने युभेन्टसले टोरिनोलाई २-१ ले हराएको छ ।

पहिलो हाफमै १-० ले पछि परेको युभेन्टसले धेरै राम्रो मौकाहरु गुमाएको थियो । टोरिनोले भने खेलको नवौँ मिनेटमै १-० को अग्रता लिन सफल भएको थियो । टोरिनोका लागि निकोलस कोलोउले गोल गरेका थिए । पहिलो हाफ १-० को अग्रतामा सक्काए पनि टोरिनोले दोस्रो हाफमा युभेन्टसको दुई गोल खान पुगेको थियो ।

युभेन्टसका लागि दोस्रो हाफमा बाराबरी गोल वेष्टन म्याकिन्नीले गरेका थिए । म्याकिन्नीले युभेन्टसका लागि पहिलो गोल ७७ औँ मिनेटमा गरेका थिए । यस्तै ८९ औँ मिनेटमा भने युभेन्टसले दोस्रो गोल गरेको थियो । युभेन्टसका लागि लियोनार्डो बोनुचीले गोल गर्दै २-१ को जित दिलाएका थिए ।

जितसँगै युभेन्टस तेस्रो स्थानमा उक्लिएको छ भने हिजै भएको अर्को खेलमा बोलोग्नालाई ३-१ ले हराउदै इन्टर मिलन दोस्रो र २३ अंकका साथ एसी मिलन पहिलो स्थानमा रहेको छ ।

Click to comment

Trending