Headline

सब्स्टिच्युट चाहलको उत्कृष्ट बलिङ्गमा भारतद्वारा अष्ट्रेलिया पराजित

Published

on

कन्कुसन सब्स्टिच्युट युभेन्द्र चाहालले उत्कृष्ट बलिङ्ग गर्दै तीन विकेट लिएपछि भारतलाई अष्ट्रेलियालाई पहिलो ट्वान्टी ट्वान्टी अन्तर्राष्ट्रियमा ११ रनले पराजित गरेको छ । जितसँगै तीन म्याचको श्रंखलामा भारतले १–० को अग्रता लिएको छ ।

क्यानेबरामा रविन्द्र जडेजाले उत्कृष्ट ब्याटिङ्ग गर्दै ७ विकेटको क्षतिमा १ सय ६१ रनसम्म डोर्याए । अन्तिम ओभरमा बल टाउकोमा लागेपछि कन्कुसन सब्स्टिच्युट गर्न पाउने ब्यवस्थाको फाइदा उठाँउदै भारतले चाहललाई पठायो । उनले २५ रन खर्चदै तीन महत्वपुर्ण विकेट लिएपछि अष्ट्रेलियाले २० ओभरमा ७ विकेटको क्षतिमा एक सय ५० रनमात्र बनाउन सक्यो ।

अष्ट्रेलियाले उत्कृष्ट शुरुवात गर्दै खेलमा पकड जमाए पनि चाहलले कप्तान आरोन फिन्चको विकेट लिदै पहिलो विकेटका लागि ५६ रनको साझेदारी तोडेका थिए । लेग स्पिनर चाहलले स्टिभन स्मिथको पनि विकेट लिएपछि अष्ट्रेलियाको रन गतिमा ब्रेक लाग्यो ।

त्यसपछि भारतले खेलमा पकड जमायो । डेब्युटेन्ट टि नटराजनले ग्लेन म्याक्सवेल (दुई) को महत्वपूर्ण विकेट लिदै तीन ब्याट्स्म्यानलाई शिकार बनाए । अष्ट्रेलियाका लागि कप्तान फिन्चले २६ बलमा पाँच चौका र एक छक्काको मद्दतमा ३५ रन बनाए भने अर्का ओपनर डार्सि शर्टले ३४ र मोइजेज हेन्रिकेसले ३० रन बनाए ।

अष्ट्रेलियाका लागि मोइजेज हेन्रिकेसले तीन विकेट लिएका थिए

यसअघि क्यानबेरामा टस हारी पहिलो ब्याटिङ्ग गरेको भारत निरन्तर विकेट गुमाउन पुग्दा सामान्य योगफलमै खुम्चिने देखिएको थियो । तर जडेजाले २३ बलमा ४४ रन बनाएपछि भारतले २० ओभरमा ७ विकेटको क्षतिमा एक सय ६१ रन बनायो ।

जोस हेजलउडको १९ औं ओभरमा आएको २३ मध्ये २२ रन नै जडेजाले प्रहार गर्दा भारत १ सय ६० को आंकडा पार गर्न सकेको थियो । भारतले कुनै पनि समय ठूलो साभेदारी पाउन भने सकेन । सुस्त शुरुवातपछि तेश्रो ओभरमा शिखर धवनलाई गुमाएको भारतका लागि के एल राहुल र कप्तान बिराट कोहली (९) ले ३७ रन जोडे ।

राहुल र सन्जु स्यामसन (२३) ले अर्को ३६ रनको साझेदारी गरे तर अष्ट्रेलियाले ११ देखि १६ ओभरसम्म खेललाई पकडमा राख्दा भारत दवाबमा पर्यो । राहुलले ५० बलमा पाँच चौका र एक छक्काको मद्दतमा ५१ रन बनाए ।

अष्ट्रेलियाका लागि मोइजेज हेन्रिकेसले उत्कृष्ट बलिङ्ग गर्दै चार ओभरमा मात्र २१ रन खर्चदै तीन विकेट हात पारे । जडेजाको इनिङ्गसमा पाँच चौका र एक छक्का सामेल थियो ।

Click to comment

Trending