Headline

खेलाडीलाई कोरोना देखिए पछि साउथ अफ्रिका र इङ्ल्याण्ड बिचको खेल स्थगित

Published

on

खेल हुनु भन्दा केही मिनेट अगाडि मात्रै खेलाडीमा कोरोना संक्रमण पुष्टि भए पछि दक्षिण अफ्रिका र इंग्ल्याण्ड बीचको पहिलो ओडीआइ खेल स्थगित भएको छ ।

केप टाउनमा हुने भनिएको खेलमा दुवै टोलीका कप्तान टसका लागि तयार भैसकेको अवस्थामा दक्षिण अफ्रिकी खेलाडीमा कोरोना संक्रमण देखिए पछि खेल स्थगित गरिएको थियो ।

साउथ अफ्रिकी क्रिकेट बोर्ड अनुसार एक साउथ अफ्रिकी खेलाडीमा कोरोना संक्रमण पुष्टि भएसँगै खेल स्थगित गरिएको जनाएको छ ।

दक्षिण अफ्रिकाको भ्रमणमा रहेको इङ्ल्याण्डले आज पहिलो ओडीआइ खेल्ने तालिका रहेको थियो ।

खेल स्थगित भएसँगै अब पहिलो ओडिआइ आईतबार,दोस्रो सोमबार र तेस्रो सोमबार गर्ने पनि दक्षिण अफ्रिकी क्रिकेट बोर्डले जनाएको छ । इङल्याण्डले यस अघि दक्षिण अफ्रिका विरुद्ध तीन टि-२० खेलेको थियो । जसमा इङ्ल्याण्डले तीन वटै खेलमा जित हात पारेको थियो ।

 

Click to comment

Trending