Headline

पहिलो ट्वान्टी ट्वान्टीमा भारतले अष्ट्रेलियालाई दियो चुनौतिपूर्ण लक्ष्य

Published

on

रविन्द्र जडेजाले डेथ ओभरमा उत्कृष्ट ब्याटिङ्ग गरेपछि भारतलाई अष्ट्रेलियालाई पहिलो ट्वान्टी ट्वान्टी अन्तर्राष्ट्रियमा जितका लागि एक सय ६२ रनको चुनौतिपूर्ण लक्ष्य दिएको छ ।

क्यानबेरामा टस हारी पहिलो ब्याटिङ्ग गरेको भारत निरन्तर विकेट गुमाउन पुग्दा सामान्य योगफम खुम्चिने देखिएको थियो । तर जडेजाले २३ बलमा ४४ रन बनाएपछि भारतले २० ओभरमा ७ विकेटको क्षतिमा एक सय ६१ रन बनायो ।

जोस हेजलउडको १९ औं ओभरमा आएको २३ मध्ये २२ रन नै जडेजाले प्रहार गर्दा भारत १ सय ६० को आंकडा पार गर्न सकेको थियो । यसअघि भारतले कुनै पनि समय ठूलो साभेदारी पाउन भने सकेन । सुस्त शुरुवातपछि तेश्रो ओभरमा शिखर धवनलाई गुमाएको भारतका लागि के एल राहुल र कप्तान बिराट कोहली (९) ले ३७ रन जोडे ।

राहुल र सन्जु स्यामसन (२३) ले अर्को ३६ रनको साझेदारी गरे तर अष्ट्रेलियाले ११ देखि १६ ओभरसम्म खेललाई पकडमा राख्दा भारत दवाबमा पर्यो । राहुलले ५० बलमा पाँच चौका र एक छक्काको मद्दतमा ५१ रन बनाए ।

अष्ट्रेलियाका लागि मोइजेज हेन्रिकेसले उत्कृष्ट बलिङ्ग गर्दै चार ओभरमा मात्र २१ रन खर्चदै तीन विकेट हात पारे । जडेजाको इनिङ्गसमा पाँच चौका र एक छक्का सामेल थियो ।

Click to comment

Trending