Headline

जब घामका कारण अन्तर्राष्ट्रिय क्रिकेट रोकियो

Published

on

क्रिकेटको म्याच रोकिने, स्थगित हुने अथवा रद्द हुने धेरै कारण हुन्छन् । बर्षात, हुस्सु, खराब प्रकाश र मैदानको प्राविधिक गडबडीका कारण म्याच रोकिने गरेका केही वास्तविक कारणहरु हुन् । कहिले काही छोटो समयको लागि जनावर अथवा किरा फट्यांग्राहरुले मैदानमा घुसपैठ गर्दा पनि खेल रोकिने गर्छन् ।

खेल रोकिने कारण धेरै जसो प्राकृतिक नै हुन्छन् र तर डिसेम्बर ४, १९९६ मा पाकिस्तान र न्युजिल्याण्डबीचको एकिदवसीय अन्तर्राष्ट्रिय प्राकृतिक कारणले नै अप्राकृतिक रुपमा रोकिन पुगेको थियो ।

यसको कारण थियो घाम । कसैले पत्याउनै नसक्ने गरि गुज्रनवालाको जिन्नाह स्टेडियममा भएको खेल घामको कारण रोकिएको थियो । एकतर्फको ब्याटिङ्ग एन्डमा लागेको घामको किरण सिधै ब्याट्स्म्यानको आँखामा परे पछि खेल शुरुवात गराउन सकिएको थिएन ।

फिल्ड अम्पायरहरुसँग अन्य कुनै बिकल्प नभएपछि घामको किरण टाढा नहुन्जेलसम्म खेल रोकियो भने अलि लामै समय यो समस्या कायम रहेका कारण खेललाई ४६ ओभरमा झारिएको थियो ।

यसरी घामको कारण खेल रोकिएको क्रिकेटमा दुर्लभै पाइन्छ । अन्तर्राष्ट्रिय क्रिकेटमा गत बर्ष मात्रै न्युजिल्याण्ड र भारतबीचको दिवा रात्री एकदिवसीय खेल घामको कारण केही बेर रोकिएको थियो ।

न्युजिल्याण्डको नेपियरमा घरेलु टोली १ सय ५७ रनमा अलआउट भएपछि भारतले १० ओभरमा ४४ रन बनाउदै गर्दा चर्को घामको किरणले ब्याटिङ्ग गर्न अप्ठेरो हुदा खेल रोकिन पुगेको थियो । तर यो खेलमा डकवर्थ लेविस नियम भने लगाउनु परेको थिएन ।

इङ्गल्याण्डको घरेलु क्रिकेटमा भने यो घट्ना दोहोरिने गरेको हुन्छ । यसको कारण काउन्टि क्रिकेटका लिग चरणहरुमा बिशाल स्टेडियम नुहुनु । त्यसैले यस्तो समयमा लेख्ने गरिन्छः “सन स्टप्ड दि प्ले” ।

Click to comment

Trending