Headline

विलियम्सनको तेश्रो दोहोरो शतकपछि न्युजिल्याण्डले बनायो ५ सय १९ रन

Published

on

केन विलियम्सनले करिअरकै उच्च स्कोर बनाउदै दोहोरो शतक पुरा गरेपछि न्युजिल्याण्डले वेष्ट इण्डिजबिरुद्धको पहिलो टेस्टको पहिलो इनिङ्गसमा ५ सय १९ रन रन बनाएको छ ।

पहिलो दिन बर्षका कारण केही बिथोलिएपछि दुई विकेटको क्षतिमा २ सय ४३ रनबाट अघि खेल्दै न्युजिल्याण्डले मात्र पाँच विकेट गुमाई २ सय ७६ रन जोड्दै इनिङ्गस समाप्तिको घोषणा गर्यो । वेष्ट इण्डिजले शुक्रबार नै आफ्नो पहिलो इनिङ्गस थाल्दै विकेट नगुमाई ४९ रन बनाएको छ ।

वर्तमान बिश्व क्रिकेटका महान ब्याट्स्म्यानमध्येका एक विलियम्सनले एक पटक फेरि उत्कृष्ट इनिङ्गस खेल्दै न्युजिल्याण्डलाई ठूलो योगफलसम्म डोर्याए । घरेलु टोलीको अन्तिम विकेटको रुपमा आउट हुनुअघि उनले ४ सय १२ बलको म्याराथन इनिङ्गसमा २ सय ५१ रन बनाए ।

टेस्टमा यो उनको तेश्रो दोहोरो शतक हो भने समग्रमा उनले २२ शतक प्रहार गरिसकेका छन् । न्युजिल्याण्डबाट सबैभन्दा बढी शतक बनाउने खेलाडीहरुको सुचीमा उनी पछाडी रोस टेलर रहेको छ । टेलरले १९ शतक बनाएका छन् भने ३० बर्षिय विलियम्सनले सबैलाई धेरै पछाडी छोड्ने तय छ ।

विलियम्सको शुक्रबारको इनिङ्गसमा ३४ चौका र दुई छक्का सामेल थियो । उनको यसअघिको उच्च व्यक्तिगत योगफल २ सय ४२ रन रहेको थियो, जुन उनले २०१५ मा श्रीलंकाबिरुद्ध बनाएका थिए ।

विलियम्सनले पाचौं विकेटका लागि टम ब्लन्डेल (१४) सँग ७२ र काइल जेमिसनसँग सातौं विकेटका लागि ९३ रनको साझोदारी गरेका थिए । जेमिसन ६४ बलमा पाँच चौका र दुई छक्का प्रहार गर्दै ५१ रनमा नटआउट रहे । वेष्ट इण्डिजका लागि केमार रोच र सानोन ग्याब्रियलले तीन–तीन विकेट हात पारे ।

Click to comment

Trending