Headline

कसरी महामारीले एक महान ब्याट्स्म्यानको शतकीय दौडमा ब्रेक लगायो

Published

on

इन्फ्रा–रेड इमेजिङ्ग सिस्टमले पनि समात्न नसक्ने खाले ब्याटको ऐजले बुधबार विराट कोहलीको गति समात्न थालेको इनिङ्गसलाई मात्र रोकेन यो उनको करिअर शुरुवात भए देखिको लयमा पनि पूर्णविराम थियो । क्यानबेराको पेभिलियनतर्फ कोहली ६३ रनमा मात्र आउट भएर फर्किएका थिएनन् । यो त उनको डेब्यु सिजन यता पहिलो पटक शतक प्रहार गर्न नसकेको निराशा पनि थियो ।

यसका दुई कारण थिए । एउटा कोरोना भाइरस महामारीका कारण छोटो भएको क्रिकेट सिजन । र अर्को अष्ट्रेलियन थियो तिब्र गतिका बलर जोस हेजलउडको उत्कृष्टता जसले कोहलीलाई लगातार १२ बर्ष शतक प्रहार गर्नबाट बञ्चित गरिदिए ।

२०२० मा कोहली दुई पटक ८९ को स्कोरसम्म पुगे । पहिलो पटक जनवरीमा बैँगलुरुमा र अन्तिम पटक गत हप्ता सिड्नीमा । दुवै पटक हेजलउडले उनलाई त्यो संख्याबाट अगाडी बढ्न दिएनन् । हेजलउडले कोहलीलाई यो सिरिज तीनै पटक आउट गरे भने समग्रमा पछिल्लो लगातार चार भारत–अष्ट्रेलियाबीचको एकदिवसीय अन्तर्राष्ट्रियको भेटमा ।

क्रिकेटको यो क्यालेण्डर बर्षमा कोहली र भारतले मात्र ९ एकदिवसीय खेले – ६ अष्ट्रेलियाबिरुद्ध र तीन न्युजिल्याण्डबिरुद्ध उसकै भुमिमा । यो दौरान पाँच अद्र्धशतक प्रहार गरेका कोहलीको औषत ४७ दशमलव ९ रह्यो जुन निकै सामान्य हिसाबमा पनि असाधारण नै हो । तर तीन अंकको स्कोर पुरा गर्न नसक्दा २०२० र २००८ बीचको समय यति अविश्वसनीय रह्यो जहाँ कोहलीले रमाइलोका लागि निरन्तर शतक प्रहार गरे ।

शतक प्रहार गर्ने श्रंखला कायम रहदासम्म अविश्वसनीय थियो । कोलकाताको इडेन गार्डेन्समा भारतले २००९ मा खेलेको अन्तिम खेलमा जब कोहलीले शतक प्रहार गर्दै महानताको दशकमा प्रवेश गरे, उनले कहिल्यै फर्केर हेरेनन् । २०१० मा उनले तीन शतक बनाए भने २०११ मा चार ।

तर उनलाई क्रिकेटको उत्कृष्ट ब्याट्स्म्यान बनाउने बर्ष रह्यो २०१३ जहा उनले पाँच शतक प्रहार गरे, ती मध्ये एक इतिहासकै उत्कृष्ट इनिङ्गसको रुपमा परिभाषित गर्ने गरिन्छ ।

कोहलीले ८ बर्षअघि श्रीलंकाबिरुद्ध बनाएको ८६ बलमा १ सय ३३ रन इतिहासकै सर्वोत्कृष्ट एकदिवसीय इनिङ्गस मध्ये पर्छ ।

अष्ट्रेलियाको तास्मानीयामा भएको त्रिकोणात्मक श्रंखला अन्तर्गत श्रीलंकाबिरुद्ध जित्दै पर्ने खेलमा भारतले ३ सय २१ रनको लक्ष्य पायो । फाइनल प्रवेशका लागि बोनस अंक सहित जित्नु पर्ने खेलमा भारतले ४० ओभरभित्र लक्ष्य पुरा गर्नुपर्ने थियो । कोहलीले मात्र ८६ बल खेल्दै १ सय ३३ रन बनाए र भारतले ३६ दशमलव तीन ओभरमै लक्ष्य भेट्टायो ।

त्यसको १८ दिनपछि नै उनले एकदिवसीय अन्तर्राष्ट्रियमा अहिले सम्मकै उच्च स्कोर बनाए । पाकिस्तानबिरुद्ध एसिया कपको खेलमा ३ सय ३० रनको लक्ष्य पछ्याउने क्रममा कोहलीले १ सय ८३ रन बनाएका थिए । २०१६ मा भारत आफ्नै देशमा हुने ट्वान्टी ट्वान्टी बिश्वकपमा केन्द्रित रहदा १० एकदिवसीय खेल खेल्यो र त्यसमा कोहलीले तीन शतक पुरा गरे ।

२०१७ र २०१८ उनको दुई उत्कृष्ट बर्ष रहे जहा उनले लगातार दुई बर्ष ६–६ शतक प्रहार गरे । २०१९ मा उनी यो श्रंखला कायम गर्न मात्र एक शतकले चुकेका थिए ।

कोहलीको यो दौड अकल्पनीय लागेपनि लगातार ११ बर्ष शतक प्रहार गरेका बिश्व किर्तिमान भने थिएन, न त भारतीय नै । यो दुवै किर्तिमान तोड्न गाह्रो छ र दुवैमा एक नाम मात्रै छ – सचिन तेन्दुल्कर । १९९४ देखि सचिनले सन्यास लिएको बर्ष २०१२ सम्म एक क्रिकेट सिजन पनि यस्तो थिएन जहा उनले शतक प्रहार गरेनन् । उनले लगातार १९ बर्ष शतक प्रहार गर्ने किर्तिमान कायम गरेका छन् । आधुनिक क्रिकेट निकै प्रतिस्पर्धात्मक बन्दै गर्दा कुनै पनि खेलाडीका करिअर सचिन जतिको लामो हुनेमा धेरैको शंका छ । २० बर्षको उमेरमा डेब्यु गरेका कोहली आफू ३९ बर्षसम्म खेल्ने हो भने पनि यो किर्तिमान भँग गर्न भने निकै गाह्रो छ ।

कोहलीको २००९ देखि २०१९ सम्मको दौडलाई उचित तरिकाले ब्याख्या गर्दा के स्पष्ट हुन्छ भने शतकको पहाडले कुनै पनि खेलाडीलाई तीन अंकको योगफलमा पुग्ने बार्षिक स्थिरता ग्यारेन्टि गर्दैन । ३० एकदिवसीय अन्तर्राष्ट्रिय शतक पुरा गरेका अष्ट्रेलियन लेजेण्ड रिकी पोन्टिङ्गले शतकको यो दौडलाई २००५ देखि २०११ सम्म सात बर्षका लागि मात्र कायम राखेका थिए ।

कुनै समय १७ एकदिवसीय शतकले नै सर्वाधिक शतक बनाउने सुचिको अग्र स्थानमा रहेका अर्का लेजेण्ड वेष्ट इण्डिजका ब्रायन लाराले यसलाई १९९५ देखि १९९९ सम्म पाँच बर्षका लागि मात्र कायम राखे ।

सकृय क्रिकेटरहरुमध्ये तीन जनाले मात्र कोहलीको किर्तिमानको बराबरी गर्ने या त्यसलाई तोड्न सक्छन् । जनवरीमा अष्ट्रेलियाबिरुद्ध शतक प्रहार गरेका अर्का भारतीय ओपनर रोहित शर्माले २०१३ लगातार ८ सिजन शतक प्रहार गर्दै आएका छन् । २०२० मा भारतबिरुद्ध दुई शतक प्रहार गरेका अष्ट्रेलियन कप्तान आरोन फिन्चको शतकको श्रंखला पनि २०१३ देखि नै जारी छ ।

र यदि पुर्व दक्षिण अफ्रिकी कप्तान फाफ डु प्लेसिले शुक्रबार देखि नै शुरु हुने इङ्गल्याण्डबिरुद्धको श्रंखलामा शतक बनाउने हो भने उनले लगातार ७ बर्ष शतक बनाएको हुनेछन् । तर कोहलीको किर्तिमान बराबरी गर्न ३६ बर्षिय डु प्लेसिले ४० बर्षसम्म क्रिकेट खेल्नु पर्नेछ । र यो असम्भवप्राय छ । रोहित शर्मा ३३ र आरोन फिन्च ३४ बर्षका छन् र दुवैले कोहलीको किर्तिमान भँग समेत गर्न सक्छन् ।

सन्यास लिएका क्रिकेटरहरु मध्ये एक ब्याट्स्म्यान कोहलीको किर्तिमानको बराबरीमा छन् भने एकले उनलाई पछि पारेका छन् । तर दुवै ब्याट्स्म्यानको करिअर कोहलीको जति स्थिर भने थिएन ।

पुर्व दक्षिण अफ्रिकी ब्याट्स्म्यान हर्सेल गिब्सले १९९९ देखि २००९ सम्म शतक बनाएका थिए । कुल २१ शतक बनाएका गिब्सको ६ क्यालेण्डर सिजन एक मात्र शतक रहेको थियो । ती मध्ये एक अष्ट्रेलियन टोलीबिरुद्ध जोहानेसबर्गमा बिश्व किर्तिमानी ४ सय ३५ रनको चेज थियो । २००६ मा बनाएको एकमात्र शतकमा गिब्सले शान्दार १ सय ७५ रन बनाएका थिए ।

कोहली र गिब्स भन्दा एक स्थानमाथि र तेन्दुल्कर भन्दा पछाडी न्युजिल्याण्डका नथान एस्सल रहेका छन् । करिअरमा १६ तीन अंकको स्कोर बनाएका उनले लगातार १२ सिजन शतक प्रहार गरेका थिए ।

Click to comment

Trending