Headline

च्यम्पियन्स लिग:पिएसजीको समना गर्दै म्यानचेस्टर युनाइटेड

Published

on

च्याम्पियन्स लिगमा आज इङ्लिस क्लब म्यानचेस्टर युनाइटेडले फ्रेन्च क्लब पेरिस सेन्ट जर्माइन (पिएसजी) सँग खेल्दै छ ।

ओल्ड ट्राफोर्डमा हुने यो खेल जितेमा युनाइटेडले सिधै अन्तिम १६ मा स्थान बनाउने छ । यो सिजन लिग आफ्नो घरमा राम्रो प्रदर्शन गर्न नसकेको युनाइटेडका लागि पिएसजीसँगको खेल निकै महत्वपुर्ण रहेको छ ।

अन्तिम पटक २०१८/१९ को सिजनमा ओल्ड ट्राफोर्डमा भिड्दा २-० ले पराजित भएको युनाइटेडले यही सिजन भएको पहिलो चरणको अवे खेलमा पिएसजीलाई २-१ ले हराएको थियो ।

पिएसजीमा रहेका स्टार खेलाडीहरुको जमात र अघिल्लो वर्ष उप-बिजेतामै सिमित भएका कारण पिएसजीलाई यो खेल जित्नै पर्ने दवाब पनि रहेको छ । युनाइटेड पनि आफ्नो अघिल्लो सिजन युरोपा लिग खेल्नु परे पछी अर्थिक संकटबाट बाँच्न भए पनि यो सिजन अन्तिम १६ सम्मको यात्रा तय गर्ने दाउमा रहेको छ ।

पिएसजीले आज सबै स्टार खेलाडी उतार्ने छ भने युनाइटेडका लागि पनि सबै खेलादी फिट रहेका छन् ।

यो खेल नेपाली समय अनुसार १:४५ मा सुरु हुने छ भने यसै समयमा हुने अन्य खेलहरुमा बोरुसिया डर्ट्मण्डले लाजियो,फेर्न्चभारोसले बार्सिलोना, युभेन्टसले डाइनामो किएभ,क्लब बुर्गले जेनिट र सेभियाले चेल्सी विरुद्ध खेल्दै छन् ।

यस्तै आज हुने ११:४५ को खेलमा भने आरबी लाइपजिगले इस्तानाबुल बसिकशेहर र रेनीसले क्रास्नाडोरको सामना गर्ने छ ।

Click to comment

Trending