Headline

टिमले नै नरुचाएका मलनले आफूलाई साबित गर्दै जितेको समर्थन

Published

on

स्थिति डाविड मलनको कथित गल्तिहरु उदाँगो पार्नका लागि नै बनेका थिए । सुस्त हुने अपेक्षा गरिएको न्युल्याण्ड्सको पिचमा इङ्गल्याण्डले १ सय ९२ रनको पहाज जस्तो योगफल पछ्याइरहदा चार ओभरमा एक विकेट गुमाउदै मात्र २५ रन बनाएको थियो ।

यो एउटा यस्तो अवसर हुने थियो जहाँ मलन इनिङ्गसको शुरुवातमा निकै सुस्त गतिमा रन बनाउने आफ्नो रोजाइको शिकार हुन सक्थे । र ट्वान्टी ट्वान्टी अन्तर्राष्ट्रियमा उनले समातेको गतिले ब्रेक लिन सक्थ्यो ।

तर मलनले आउने बित्तिकै आफ्नो पहिलो बललाई स्कायर लेगमा पुल गरे, दोश्रोलाई थर्ड म्यान बाउन्डरी कटाए र तेश्रो बललाई फाइन लेगमाथि छक्का प्रहार गरे । इङ्गल्याण्डको ट्वान्टी ट्वान्टीमा सुस्त शुरुवात गर्ने गरेका कारण कुख्यात बनेका मलन तीन बलमै १४ रनमा पुगे ।

मलनको अबको परिक्षा दक्षिण अफ्रिकाका बाया हाते रिस्ट स्पिनर तबरेज साम्सीबिरुद्ध थियो । यसअघि साम्सीले आफूलाई फ्याकेको १४ बलमा मलन एक पटक आउट भएका थिए भने १२ रन मात्र बनाउन सकेका थिए । साम्सीको स्टक बल बाया हाते ब्याट्स्म्यानबाट टाढिदै अफ स्टम्पतर्फ मोडिने भएकाले दक्षिण अफ्रिकी कप्तान क्वेन्टिन डि ककका लागि उनी स्पष्ट प्रयोग थिए । साम्सीको आगमनले घरेलु टोलीलाई खेलमा फर्काउने अपेक्षा गरिएको थियो ।

तर साम्सीको पहिलो बलमै मलनले रिभर्स स्विप गर्दै चौका प्रहार गरे । दोश्रो ओभरमा स्विप गर्दै अर्को चौका प्राहर गरे भने तेश्रोमा दुई छक्का नै हिर्काइदिए । चौथो ओभर मलनका लागि सबैभन्दा उत्कृष्ट रह्यो । उनले साम्सीलाई १६ रन प्रहार गरिदिए । मङ्गलवार सामना गरेका १४ बलमा मलनले साम्सीलबाट मात्रै ३८ रन जोडे ।

कुनै पनि ब्याट्स्म्यान कति फर्ममा छन् भनेर मापन गर्नका लागि उनको कभर ड्राइभर निकै नै उत्पादक हुन आवश्यक छ । मलनले प्रहार गरेको ९९ मध्ये ३० रन कभर र एक्स्ट्रा कभरबाटै आएको थियो र त्यो मध्ये २० रन आखा लाई नै आनन्द आउने बाउन्डरीबाट नै ।

मलनले यस्तो इनिङ्गस खेलेका छन् जसले गर्दा उनले आफुले प्राप्त गरेको स्थानमाथि बाकी रहेका शंका उपशंकालाई नै समाप्त पारिदिएको छ । शुरुवात मात्र भएको उनको ट्वान्टी ट्वान्टी अन्तर्राष्ट्रिय करिअरमा जति सफलता उनले प्राप्त गरेपनि टोलीमा उनको स्थान हातबाट फुस्कदै जाने धेरैले अनुमान गर्ने गरेका छन् ।

एकदिवसीयमा बढी जोड दिएका कारण इङ्गल्याण्डले ट्वान्टी ट्वान्टी अन्तर्राष्ट्रियमा बिरलै पूर्ण शक्तिको ११ सदस्यीय टोली खेलाउने हुँदा राष्ट्रिय टोलीको संरचनामा उनको अस्तित्व कस्तो हुने नै भन्न कठिन छ, शायद अब थियो ।

२०१९ को शुरुवातमा पाँच इनिङ्गसमा चार अद्र्धशतक प्रहार गरिसकेका मलन ट्वान्टी ट्वान्टी अन्तर्राष्ट्रिय मार्फत आफूलाई साबित गर्न उनी क्यारेबियनको भ्रमणमा निस्किए । तर उनले एक खेल पनि खेलेनन् । पछि त्यही बर्ष इङ्गल्याण्डको ट्वान्टी ट्वान्टी अन्तर्राष्ट्रिय इतिहासमा शतक प्रहार गर्ने दोश्रो ब्याट्स्म्यान बनिसकेपछि उनलाई आफ्नो कप्तानले आफ्नो औषत बढाउनका लागि इनिङ्गसको अन्तिम बलमा बाइ रनका लागि नकुदेको भन्दै आलोचना समेत गरेका थिए ।

यसै बर्ष उनले स्काई स्पोर्ट्समा लेखिएको एक कोलममा उनले भनेका छन्ः “मलाई थाहा छैन म जस्तो उल्लेख्य रन संख्या भएको ब्यक्ति कसरी दवाबमा आउछ ।” दक्षिण अफ्रिकामा भएको तीन म्याचको ट्वान्टी ट्वान्टी श्रंखलामा दिइएको एक मात्र अवसरमा आफ्नो पोजिसन बाहिर रहदै चौथो नम्बरमा ब्याटिङ्ग गर्नु अघि उनले त्यो कोलम लेखेका थिए ।

२०२० को सिजनको शुरुवातमा बिश्व नम्बर एक ट्वान्टी ट्वान्टी अन्तर्राष्ट्रिय खेलाडी बनेपनि मलन सुस्त शुरुवातका कारण आलोचित हुदै आएका थिए । आगामी बर्ष भारतमा ट्वान्टी ट्वान्टी बिश्वकप हुने हुदा जो रुटलाई स्थान बनाउन दक्षिण अफ्रिकाबिरुद्ध उनी नहुन पनि सक्ने धेरैले आंकलन गर्दै थिए ।

तर मङ्गलवार केपटाउनमा उनले देखाएको जादुले मलन इङ्गल्याण्डको ट्वान्टी ट्वान्टी अन्तर्राष्ट्रिय टोलीको प्रमुख हिस्सा बनिसकेकोमा अब कुनै शंका नरहेको स्पष्ट छ । १९ इनिङ्गसमा एक शतक र ९ अद्र्धशतक बनाईसकेका मलनको औषत ५० भन्दा माथि रहेको छ भने स्ट्राइक रेट १ सय ५० वरिपरि छ । कुनै बाहिरि ब्यक्ति जसरी एक समय आफ्नै खेलाडी साथीहरुले सराहना नगरेका मलनले अहिले उनीहरुको पूर्ण समर्थन पाउन थालेका छन् ।

Click to comment

Trending