Headline

बिमल, सन्तोष सहित ५८ खेलाडीलाई बन्द प्रशिक्षणका लागि बोलाइयो

Published

on

आसन्न विश्वकप छनोट र योजनामा रहेका मैत्रीपूर्ण खेलहरुका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ले अघिल्लो बर्ष प्रतिबन्ध खेपेका बिमल घर्ती मगर, सन्तोष तामाङ र दिनेश राजबंशीसहत ५८ खेलाडीलाई बन्द प्रशिक्षणमा सामेल गरेको छ ।

बिमल, सन्तोष र दिनेशसँगै अन्जन बिष्ट कुवेतबिरुद्धको खेलका लागि भुटान उड्नु अघि टिम होस्टल छोडेर क्लब घुम्न गएको थाहा हुन आएपछि अनुशासन बिपरित काम गरिएको आरोपमा प्रतिबन्धमा परेका थिए । अन्जन र सन्तोषको प्रतिबन्ध छोटो भएका कारण उनी खेलमा फर्किए पनि अन्य खेलाडीहरु फर्किन पाएका थिएनन् ।

कोरोना भाइरसले फुटबल ठप्प भएपछि सबै खेलाडीहरु पुनरागमनको मौकामा रहेका थिए । बिमलले शहीद स्मारक ए डिभिजन लिगमा मच्छिन्द्र र आर्मीबीचको अन्तिम तथा निर्णायक खेल खेलेपनि उनलाई बङ्गलादेशबिरुद्धको दुई मैत्रीपूर्णका लागि टिममा बोलाइएको थिइएन ।

कोरोनाका कारण रोकिएका लिगहरु नहुने भए पछि एन्फाले अघिल्लो सिजनको लिगमा गरेको प्रदर्शनको आधारमा राष्ट्रिय टोलीमा खेलाडीहरुलाई बोलाएको हो । मुख्य प्रशिक्षक योहान कालिन नेपाल आउने वा नआउने प्रष्ट नभएको स्थितिमा राष्ट्रिय टोलीको जिम्मेवारी बालगोपाल महर्जनले नै सम्हाल्ने छन् ।

बन्द प्रशिक्षण मङ्सिर २८ देखी सुरु हुने छ । नेपालले बालगोपालको प्रशिक्षणमा बङ्गलादेशमा नोभेम्बर १३ र १७ मा दुई मैत्रिपूर्ण खेलहरु खेलेको थियो ।

यस्तै टोलीमा फर्कनेमा पुर्व कप्तान बिराज महर्जन पनि रहेका छन् भने लामो समय मैदान बहिर रहेका अदित्य चौधरीले पनि प्रारम्भिक टोलीमा स्थान पाएका छन् ।
बन्द प्रशिक्षणका लागि बोलाइएका खेलाडीहरु

गोलरक्षक: किरण कुमार लिम्बु, विकेश कुथु, विशाल श्रेष्ठ, दीप कार्की, विशाल सुनार, अर्पण कार्की, देव लिम्बु

डिफेन्डर: देवेन्द्र तामाङ, रजिन धिमाल, विराज महर्जन,दिनेश राजवंशी, रन्दिप पौडेल, सरोज दाहाल, अमित तामाङ, अजित भण्डारी, आदित्य चौधरी, विकास खवास, सुमन अर्याल, विकास तामाङ, अनन्त तामाङ, निशान खड्का, छिरिङ गुरुङ, सुरज विक, आशिष गुरुङ, दिलेन लोक्तान

मिडफिल्डर: रोहित चन्द, सुजल श्रेष्ठ, विशाल राई, मिक्छेन तामाङ, सन्तोष तामाङ, दिपेश आलेमगर, तेज तामाङ, रवी पासवान, पुजन उपरकोटी, त्रिदेव गुरुङ, सेसेहाङ आङदेम्बे, संजोक राई, नितिन थापा, सुनिल बल हेमन्त थापामगर, रजत तिवारी, जय गुरुङ, एरिक विष्ट, अशोक थापा, सुभाष गुरुङ

फरवार्ड: विमल घर्ति मगर, अभिषेक रिजाल,जर्ज प्रिन्स कार्की, भरत खवास, नवयुग श्रेष्ठ, दर्शन गुरुङ, राजेश परियार, विमल राना, अन्जन विष्ट, राजीव लोप्चन, रेजिन सुब्बा, आशिष लामा, प्रिजेन तामाङ

Click to comment

Trending