Headline

पान्ड्या र जडेजाको शतकीय साझेदारीले सम्हालियो भारत

Published

on

हार्दिक पान्ड्या र रविन्द्र जडेजाले शतकीय साझेदारी गरेपछि भारतले अष्ट्रेलियालाई तेश्रो तथा अन्तिम एकदिवसीयमा जितका लागि ३ सय ३ रनको चुनौतिपुर्ण लक्ष्य दिएको छ ।

कप्तान बिराट कोहली क्यानबेरामा सबैभन्दा कम इनिङ्गसमा १२ हजार रन पुरा गर्ने किर्तिमान कायम गरेपनि पाँच विकेटको क्षतिमा १ सय ५२ रनको नाजुक अवस्थामा रहेको भारतलाई पान्ड्या र जडेजाले राम्रो योगफलततर्फ डोर्याएका थिए । दुई ब्याट्स्म्यानले छैटौं विकेटका लागि १ सय ५० रनको साझेदारी गरेपछि भारतले ५० ओभरमा पाँच विकेटको क्षतिमा ३ सय २ रन बनायो ।

दुई प्रमुख बलर प्याट कमिन्स र मिचेल स्टर्कको अनुपस्थितिमा खेलेको अष्ट्रेलियाले भारतलाई दवाबमै राख्दै इनिङ्गसको शुरुवातमा खुलेर खेल्न दिएन । शिखर धवनलाई (१६) लाई २६ रनमा गुमाएपछि कोहलीले इनिङ्गस सम्हाल्ने क्रममा शुभमन गिलसँग ५६ रनको साझेदारी गरे ।

२३ रन पुग्दा कोहलीले १२ हजार रन पुरा गर्ने क्रममा सचिन तेन्दुल्कर र अष्ट्रेलियन पुर्व कप्तान रिकी पोन्टिङ्गलाई पछि पारे । कोहलीले २ सय ४२ औं इनिङ्गसमा यो कोशढुँगा पुरा गरेका हुन् भने सचिनले ३ सय र पोन्टिङ्गले ३ सय १४ इनिङ्गस लगाएका थिए ।

तर कोहली बुधबार एकपटक फेरि तिब्र गतिका बलर जोस हेजलउडको शिकार बने । हेजलउडले कोहली ६३ रनमा खेलिरहदा कोहलीलाई विकेट किपर एलेक्स क्यारीको हातबाट क्याच आउट गराएका थिए । अम्पायरले आउट नदिएपनि अष्ट्रेलियाले रिभ्यु लिदा कोहली आउट भएको देखिएको थियो ।

यो श्रृंखलामा कोहली तीनै पटक हेजलउडको शिकार भएका हुन् । हेजलउडले कोहलीबिरुद्ध खेलिएका ७ खेलमा चार पटक आउट गरिसकेका छन् । कोहलीले ७८ बल खेल्दै पाँच चौका प्रहार गरे ।

कोहली आउट भएपछि इनिङ्गसलाई पहिलो सम्हाल्दै अन्त्यमा गति दिने क्रममा १८ ओभरमा १ सय ५० रनको साझेदारी गरेका थिए । यो भारतको लागि तेश्रो विकेटका लागि एकदिवसीय क्रिकेटमा सबैभन्दा ठूलो साझेदारी हो ।

करिअरकै उच्च स्कोर बनाउने क्रममा पान्ड्याले ७६ बलमा ९२ रन बनाए । उनले सात चौका र एक छक्का प्रहार गरे भने पाँच चौका र तीन छक्का हिर्काएका जडेजाले ५० बलमा ६६ रन बनाए । अष्ट्रेलियाका लागि हेजलउडले दुई विकेट लिए । करिअरको दोश्रो एकदिवसीय खेलिरहेका सन एबोटले १० ओभरमा ८४ रन खर्चदै एक विकेट लिएका थिए ।

Click to comment

Trending