Headline

च्याम्पियन्स लिगमा यात्रा कठिन भएपनि जिदान भन्छन्ः “राजीनामा दिन्न” 

Published

on

शख्तर दोनेस्कसँग एक पटक फेरि स्तब्ध हुँदा च्याम्पियन्स लिगको दोश्रो चरणको यात्रा कठिन भएपनि रियल म्याड्रिड प्रशिक्षक जिनेदिन जिदानले आफू पदबाट राजीनामा नदिने बताएका छन् ।

पहिलो लेगमा घरमै ३–२ को हार ब्यहोरेको रियलले मङ्गलवार युक्रेनी क्लबसँग अवे खेलमा २–० को हार भोग्यो । १३ पटकको युरोपियन च्याम्पियन रियल समुह बी मा तेश्रो स्थानमा रहेको छ भने सबै टोलीको दोश्रो चरणमा पुग्ने सम्भावन उत्तिकै रहेको छ ।

जर्मन टोली बोरुसिया मोइचेनग्ल्याडबाच ८ अंक सहित पहिलो स्थानमा छ भने गोल अन्तरका आधारमा शख्तर ७ अंक सहित दोश्रो स्थानमा रहेको छ । ७ अंक नै रहेको रियल दुई अंकले इटालियन क्लब इन्टर मिलान भन्दा अगाडी रहेको छ ।

रियलले अब आफ्नो अन्तिम खेलमा मोइचेनग्ल्याडबाचलाई हराउनै पर्नेछ । “म राजीनामा दिने छैन, कुनै पनि हालतमा दिन्न, । हामी कठिन समयबाट गुज्रिरहेको छौं र अब अगाडी बढेर हेर्न आवश्यक छ,” हारपछि जिदानले भने । यो खेलमा आउनु अघि रियलले स्पेनिस लिगमा पनि आलाभेससँग २–१ को पराजय ब्यहोरेको थियो ।

“मसँग परिस्थितिलाई उल्टाउन चाहिए जतिको तागत छ र म टिमलाई दोश्रो स्थानमा पुर्याउन आफ्नो सबै दिनेछु र खेलाडीहरुले पनि दिनेछन् । हामीले राम्रो खेलेको हौं र धेरै कुराको हकदार थियौं । हामीले आफ्नो शिर ठाडो पार्दै अर्को खेलको बारे सोच्न आवश्यक छ,” उनले भने ।

मङ्गलवार पहिलो हाफ बराबरीमा रोकिएपछि डेन्टिन्होले शख्तरलाई ५७ औं मिनेटमा अग्रता दिलाएका थिए । म्यानोर सोलोमनले ८२ औं मिनेटमा गोल गर्दै शख्तरको जित सुनिश्चित पारेका थिए ।

इन्टरको अन्तिम १६ का आशा जिवितै राख्ने क्रममा रोमेलु लुकाकुले दुई गोल गरेपछि उसले मोइचेनग्ल्याडबाचलाई ३–२ ले हरायो । अवे खेलमा इन्टरले माटियो डार्मियनको गोलबाट अग्रता लिएको थियो । अलासाने प्लेयाले गोल गरेपछि पहिलो हाफ १–१ गोलको बराबरीमा टुँिगएको थियो ।

लुकाकुले दोश्रो हाफमा ९ मिनेटको अन्तरमा दुई गोल गर्दै इन्टरलाई दुई गोलको अग्रता दिलाएका थिए । प्लेयाले लगत्तै अर्को गोल गरे र ८३ औं मिनेटमा उनको अर्को गोल भिडियो असिस्टेन्ट रेफ्रिले मान्यता नदिएपछि इन्टरले महत्वपूर्ण तीन अंक हात पार्यो । इन्टरले अब अन्तिम खेलमा शख्तरलाई हराउनै पर्नेछ ।

Click to comment

Trending