Headline

क्लब लाइसेन्सिङ्ग स्विकृत नहुदा नेपालको क्लब एएफसी क्लब प्रतियोगितामा नहुने

Published

on

नेपाली शिर्ष डिभिजनका १३ क्लबहरुले २०२१ को लागि गरेको ए लाइसेन्स प्रक्रिया आवेदनलाई एसियाली फुटबल फेडेरेशन (एएफसी) ले अस्विकार गरेको छ । लाइसेन्स अस्विकार भएसँगै कुनै पनि नेपाली क्लबहरु एफसीको क्लब प्रतियोगितामा सहभागी हुन पाउने छैनन् ।

अखिल नेपाल फुटबल संघ (एन्फा) ले एएफसी क्लब प्रतियोगितामा सहभागी हुनका लागि गरेको क्लब लाइसेन्सिङ्ग प्रकृयालाई एएफसीले मापदण्ड नपुगेको भन्दै अस्विकृत गरेको हो ।

अघिल्लो सिजन घटुवा भएको सरस्वती क्लब बाहेक यस पटकका लागि १३ ए डिभिजनका क्लबहरुले अखिल लाइसेन्सिङ्ग प्रकृया अघी बढाएका थिए । लाइसेन्सिङ्ग प्रकृयामा नेपाली क्लबहरु माद्धे त्रिभुवन आर्मी क्लब सबै भन्दा नजिक पुगेको थियो । त्यस्का लागि एएफसीले आर्मीले गरेको प्रयास देखी खुशी भएको जनाएको छ ।

अघिल्लो वर्ष नेपाली शिर्ष डिभिजनका क्लबहरुलाई ए लाईसेन्स वितरण गरेको भन्दै एएफसीले एन्फालाई ठुलो आर्थिक जरिवाना समेत गरेकाे थियाे ।

यो पटक भने एन्फाले ए डिभिजन क्लबहरुलाई एन्फा लाइसेन्स हुनु पर्ने नियम लगाएको छ ।

यससँगै २०२०/२०२१ को सिजन सिजनमा ए डिभिजन लिग हुने नै भए पनि बिजेताले एएफसीको कुनै पनि क्लब प्रतियोगिताहरु खेल्न पाउने छैन।

Click to comment

Trending