Headline

मेजर लिग क्रिकेटमा पनि शाहरुखको नाइट राइडर्स टिम, बहुमत शेयर

Published

on

शाहरुख खानको इण्डियन प्रिमियर लिग टोली कोलकाता नाइट राइडर्सले अमेरिकामा २०२२ देखि शुरु हुने योजनामा रहेको त्यहाँको सबैभन्दा ठूलो फ्रान्चाइज ट्वान्टी ट्वान्टी प्रतियोगिता मेजर लिग क्रिकेट (एमएलसी) मा पनि हात हालेको छ ।

६ टिम सम्मिलित प्रतियोगिता आयोजना गर्ने तयारीमा रहेको युएसए क्रिकेटसँग कोलकाताले प्रतियोगिता बिकासमा पनि मुख्य भुमिका खेल्नेछ । कोलकाताको एक टिम एमएलसीमा हुनेछ भने प्रतियोगिताको अधिकांश शेयर पनि उसले खरिद गर्नेछ ।

अमेरिकामा ठूलो बजार आगेटेको प्रचलित अन्य खेलकुद लिगहरु मेजर लिग सकर, मेजर लिग बेसबल, एनबिए, नेशनल फुटबल लिग, नेशनल हक्की लिग जस्तै मेजर लिग क्रिकेट पनि त्यहोको प्रमुख प्रतियोगिता हुनेछ ।

नाइट राइडर्स ग्रुप बलिउडका सुपरस्टार शाहरुख खान, नायिक जुही चावला र उनका पति जय मेहताको स्वामित्वमा रहेको छ । क्यारेबियन प्रिमियर लिग (सिपिएल) मा पनि एक टोली रहेको यो ग्रुपको अब तीन देशका प्रमुख लिगहरुमा हात हालेको हुनेछन् । ट्रिन्बागो नाइट राइडर्स यो सिजनसहित चार पटक सिपिएल जितिसकेको छ भने कोलकोताले दुई पटक आईपिएल ।

अन्य फ्रान्चाइज लिगको तुलनामा शुरुवाती चरणमा रहेका टिमहरुले प्रतियोगिताको शेयर पनि पाउने भएकाले यो फरक रहेको छ । “आईपिएल अथवा सिपिएलमा तपाईले एउटा टिम लिनुभयो र त्यो तपाइको स्वामित्वमा हुनेछ र सञ्चालन गर्नु पर्नेछ तर एमएलसीमा अहिलेको क्लबले शेयर पाउनेछन्,” नाइट राइडर्स ग्रुपका सिइओ र प्रबन्ध निर्देशक भेंकी मैसोर भन्छन् ।

नाइट राइडर्स ग्रुपलाई युएसए क्रिकेटसँग व्यवसायिक ट्वान्टी ट्वान्टी लिग बिकास गर्नका लागि साझेदारी गरिरहेको अमेरिकन क्रिकेट इन्टरप्राइजेजले बोलाएको हो ।

“जब उनीहरुले हामीलाई बोलाए हामीले यसमा पूर्ण रुपमा सहभागी हुदै छोटो समयका लागि मात्र नसोच्ने मनसायमा रहेको स्पष्ट पारेको थियौं । त्यसैले लिगको हिस्सा बाहेक हामीलाई कन्सल्ट्यान्टको रुपमा हेरिएको छ,” मैसोरले भने ।

Click to comment

Trending