Headline

च्याम्पियन्स लिग: रियल म्याड्रिड र शख्तर भिड्दै, चोटग्रस्त लिभरपुललाई आयाक्सको चुनौती

Published

on

च्याम्पियन्स लिग अन्तर्गत मङ्गलवार समुहको दोस्रो चरणका खेलहरु शुरु हुँदै छन् । नेपाली समय अनुसार ११ः४५ मा हुने दुई खेलहरु मध्ये पहिलोमा १३ पटकको किर्तिमानी बिजेता रियल म्याड्रिडले युक्रेनी क्लब शख्तर दोनेस्कसँग खेल्दै छ भने लोकोमोटिभ मस्कोले रेड बुल साल्जबर्गको सामना गर्नेछ ।

रियललाई शख्तर विरुद्धको खेल निकै महत्वपूर्ण रहेको छ । शुरुवातका दुई खेलमध्ये एकमा हार र अर्कोमा बराबरी खेलेको रियलले यो सिजनको च्याम्पियन्स लिगमा चाहे अनुरुपको शुरुवात पाएको छैन । होम र अवेमै इन्टर मिलानलाई हराएको रियलको सात अंक रहेको छ ।

शख्तरसँग पराजित हुने र यसै समुहबाट इन्टर मिलानले बोरुसिया मोचेनग्याल्डब्याचलाई हराउने हो भने रियललाई अर्को चरणमा पुग्नका लागि निकै संघर्ष गर्नुपर्ने हुन्छ ।

रियलका लागि एडेन हजार्डले यो खेल गुमाउने छन् भने ला लिगामा आलाभेज विरुद्ध नखेलेका कप्तान तथा डिफेन्डर सर्जियो रामोसको उपस्थिति पनि शंकाको घेरामा रहेको छ ।

युक्रेनी सरकारले रङ्गशालामा दर्शकको प्रवेशलाई रोक नलगाएका कारण पनि शख्तरलाई घरेलु समर्थकको साथ हुने छ ।

अर्को खेलमा चोटग्रस्त लिभरपुलले आयाक्ससँग एन्फिल्डमा खेल्दै छ । च्याम्पियन्स लिग अन्तर्गत आयाक्सविरुद्धको खेलमा लिभरपुल भर्जिल भान डाइक, जो गोमेज, एलेक्स अक्स्लेड च्याम्बरलिन, थियागो अल्कान्टरा, नाबी केइटा, जेर्दान साकिरी, ट्रेन्ट एलेक्जेण्डर आर्नोल्ड र जेम्स मिल्नरको अनुपस्थितिमा मैदानमा उत्रने छ ।

आयक्ससँग समुहको पहिलो चरणको खेलमा जित निकालेको लिभरपुललाई यो खेल भने कठिन हुने छ । अघिल्लो खेलमा एट्लान्टासँग २–० ले घरमा पराजित लिभरपुलले यो खेल पनि हार्ने हो भने दोश्रो चरणको छनोटका लागि निकै गाह्रो पर्नेछ । यो खेल नेपाली समय अनुसार १ः४५ मा सुरु हुने छ ।

यस्तै अन्य खेलहरुमा इन्टर मिलानले बोरुसिया मोचेनग्याल्डब्याच, मार्सेले ओलम्पियाकोस, एट्लेटिको म्याड्रिडले बायर्न म्युनिख, एट्लान्टाले मिजिल्याण्ड र पोर्टोले म्यानचेस्टर सिटीको सामना गर्ने छ । यी सबै खेलहरु नेपाली समय अनुसार १ः४५ मा सुरु हुने छ ।

Click to comment

Trending