Headline

‘हजार्ड निकै कठिन समयसँग गुज्रिदै छन्’

Published

on

रियल म्याड्रिडका प्रशिक्षक जिनेदिन जिदानले एडेन हजार्ड निकै कठिन समयसँग गुज्रिरहेको र उनलाई रियलको साथ सधैं हुने बताएका छन् ।

बेल्जियमका कप्तान एडेन हजार्ड १८ महिना अघि चेल्सीबाट स्पेनिस क्लब रियल म्याड्रिड आएसँगै उनको खुट्टामा चोट र समस्याहरु आउन थालएको थियो । उनले अघिल्लो सिजन पनि रियलका लागि मात्र १४ खेलमा सुरुवात गरेका थिए र रियलको लिग च्याम्पियन यात्रामा सानो भूमिका खेलेका थिए ।

उनको अघिल्लो साता ला लिगामा अलाभेज विरुद्ध भएको खेलमा तिघ्रामा चोट लाग्न पुगेको थियो । खेलको क्रममा हजार्डको दाँया खुट्टाको तिघ्रा रहेको मासुमा चोट लाग्न पुगेको थियो ।

चोटसँगै बिश्राम गरिरहेका हजार्डको रियल म्याड्रिडले यही सताको च्याम्पियन्स लिगको लागि निकालेको टिम-लिस्टमा उनी परेका छैनन् ।

प्रशिक्षक जिदानेले पनि २९ वर्षिय हजार्डको सबै जिम्मेवारी रियल म्याड्रिडले लिने पनि बताउदै आएका छन् ।

च्याम्पियन्स लिगको खेल अघि भएको पोस्टम्याच कन्फ्रेन्समा हजार्डको यो इन्जुरीले उनलाई केही मनोवैज्ञानिक असर त पर्ने हैन भन्ने प्रश्नमा जिदानेले भने,” मलाई हजार्ड माथि पूर्ण विश्वास छ कि उसले आफ्नो लय समात्ने छ । फुटबलमा चोट लागिहाल्छ,”

“उनी अहिले कठिन अवस्थामा गुज्रिदै छन्, हामी उनलाई ठीक हुनलाई मद्धत गर्ने छौँ,”

Click to comment

Trending