Headline

ड्रग्स, यौनकर्मी र नक्कली लिँगः म्यारोडोनाको बिवादास्पद क्षणहरुको टाइमलाईन

Published

on

यस्तो लाग्छ फुटबलका डेमि गड (आधा भगवान) डिएगो म्याराडोनाले लागु औषध कोकेन, यौनकर्मी र माफियासँगको सम्बन्धको परिणाम उनले भोगेका छन् । यही महिनाको शुरुवातमा दिमागमा रगत जमेपछि शल्यक्रिया गराएका म्याराडोनाको बुधबार ६० बर्षको उमेरमा बुनोस आएर्सस्थित आफ्नै घरमा निधन भयो ।

इतिहासकै सबैभन्दा गिफ्टेड फुटबलरमध्येका एक म्यारोडोना जति आफ्नो खेलले गर्दा अमर भएका थिए उति नै उनको मैदान बाहिरको एक किसिमको जँगली जीवन शैलिले उनलाई कुख्यात पनि बनायो । आफ्नो जीवनको अन्त्यसम्म पनि म्याराडोनाले गल्तिहरु दोहोर्याइरहे ।

उनको डक्टरका अनुसार म्याराडोनालाई टाउकोको शल्यक्रिया गरिएपछि पनि रक्सीको लत छुटाउन एक क्लिनिकमा लगिएको थियो । “डिएगो आफ्नो जीवनको सबैभन्दा कठिन चरणबाट गुज्रिएका होलान र उनको दिमागमा रगत जमेको पत्ता लाग्नु अचम्मकै कुरा थियो । त्यसले नै उनको ज्यान जान सक्थ्यो,” म्याराडोनाका वकिल माटियस मोर्लाले शल्यक्रियापछि भनेका थिए ।

दुई हप्तापछि माटियसको डर अर्कै कारणले यथार्थमा परिणत भयो । म्यारोडोनाको बिवादास्पद जीवनको टाइमलाइन कस्तो छ त ?

उत्कृष्ट उपलब्धि पछाडी लुकेको कोकेन सेवनको गोपनीयता

१९८२ भन्दा अगाडीदेखि नै म्यारोडनो कोकेन प्रयोगकर्ता बनिसकेका थिए । जब उनी १९८४ मा बार्सिलोनाबाट नापाली गए उनलाई कोकेनको लत लागिसकेको थियो । लागु औषधसँगै यौनकर्मीहरुसँगको सम्बन्धले उनी इटालियन माफिको चँगुलमा फस्न पुगे ।

क्यामोराले स्थापित गरेको शक्तिशाली र हिँसात्मक गिउलियानो क्ल्यानले म्याराडोनालाई सधै आफ्नो नियन्त्रणमा राखिरह्यो । मेरो लतका कारण मैले मेरो बिपक्षाीहरुलाई सधै फाइदा पुर्याइरहे । मैले ड्रग्स नलिएको भए म कस्तो खेलाडी हुन्थे तपाईलाई थाहा छ, म्याराडोनाले २०१४ अर्जेन्टिनाको टिवाइसी स्पोट्सलाई एक अन्तर्वार्तामा भनेका थिए ।

नापोली पुगेपछि उनको जीवन पूर्ण रुपमा ड्रग्सतर्फ ढल्किएको थियो ।

“मेरो जीवन सामान्य नभएकै कारण म ५३ बर्षको उमेरमा ७८ को भइसकेको छु । मैले जति उतार चढाव झेले त्यो हिसाबले मैले ८० बर्ष बाचिसकेको छु,” म्याराडोनाले भनेका थिए । माफियासँगको सम्बन्ध धेरै बर्षको लागि म्याराडोनाको पक्षमै काम गर्यो ।

“नापोलीमा ड्रग्स जहा तही पाउथ्यो । उनीहरु (माफिया) ले मलाई साच्चिकै ट्रेमा राखेर मेरो लागि ड्रग्स ल्याइदिन्थे,” उनी भन्छन् । म्याराडोनाको दुव्र्यवसनी र उत्कृष्ट उपलब्धिहरु परस्पर सँगै गएका थिए ।

अर्जेन्टिनलाई झण्डै आफ्नै बलबुतामा उनले १९८६ को बिश्वकप नै जितएपछि म्याराडोना ड्रग्स र उपलब्धि दुवैले धेरै माथि उडिसकेका थिए । अर्को बर्ष निकै कमजोर नापोली टोलीलाई इटालीको प्रथम श्रेणीको उपलब्धि जिताएपछि उनी खेलकुदको दुनियाको बादशाह नै बने ।

नक्कली लिँग, डोपिङ्गलाई धोखा

१९९० को बिश्वकप सम्म आइपुग्दा म्याराडोनाले ड्रग टेस्टलाई छल्न सिकि सकेको रिपोर्टहरु सार्वजनिक भएको थियो । बाहिरबाट पिसाब बोकेर ल्याउदै उनी प्लास्टिकको नक्कली लिँग प्रयोग गर्दै युरिन टेस्टको लागि दिन्थे । उनले प्रयोग गर्ने गरेको एक प्लास्टिकको लिँग अझै पनि बुनोस आएर्सको म्युजियममा राखिएको छ ।

यौनकर्मीसँगको सँगत, फोन ट्यापिङ्ग र पहिलो प्रतिबन्ध

१९९१ म इटालियन पुलिसले फोन ट्याप मार्फत स्टिङ्ग अपरेशन गर्दै उनलाई पक्राउ गरेको थियो । आफ्नो माफिया कनेक्सनको प्रयोग गर्दै उनले बिहानको तीन बजे कोठामा दुई यौनकर्मी अर्डर गर्ने प्रयासमा रहेका थिए । उनको त्यही फोन ट्यापिङ्गलाई सबुतको रुपमा प्रयोग गर्दै उनलाई कोकेन राखेको र बितरण गरेको मुद्दा लगाइएको थियो ।

न्युयोर्क पोस्टका अनुसार उनले यौनकर्मीहरुलाई पनि कोकेन दिने गर्थे । यो उनको रुटिनजस्तै बनिसकेको थियो । “आइतबारदेखि बुधबार म कोकेन सेवन गर्दै पार्टी गर्ने गर्थे । घर फर्किदा म सधै उडिरहेको हुन्थे,” उनले भने ।

म्याराडोनाको ड्रग्स र महिलाको कमजारीको फाइदा उठाउदै उनलाई संरक्षण गर्दै उनको पार्टीमार्फत न्यापल्समा आफ्नो ब्यापार बिस्तार गर्ने गथ्र्यो । त्यही बर्ष उनलाई पहिलो पटक ड्रग्सका कारण प्रतिबन्ध लगाइयो । डोपिङ्गमा अत्याधिक मात्रामा कोकेन पाइएपछि उनलाई नापालीले १५ महिनाको प्रतिबन्ध लगायो ।

सन् १९९१ मा उनको अपार्टमेन्टबाट आधा किलो कोकेनसहित नियन्त्रणमा लिदै अर्जेन्टिनी पुलिस

त्यसपछि उनलाई बुनोस आएर्सको एक होटलमा आधा किलो कोकेनसहित समातियो र १४ महिनाको सस्पेन्डेड जेल सजाय सुनाइयो । यो अवधिभित्र उनी अर्को अपराधमा फसेको भए १४ महिना जेल जानु पर्ने थियो ।

बिश्वकपको पुनरागमनमा अर्को बेइज्जती

अमेरिकामा भएको १९९४ बिश्वकपका लागि म्याराडोना अर्जेन्टिनी टोलीमा फर्किए तर समुह चरणको समाप्ति अघि नै उनका लागि प्रतियोगिताको अन्त्य हुन पुगेको थियो । प्रतिबन्धित ओषधि एफिड्रिन प्रयोग गरेको पाइएपछि उनलाई स्वदेश फर्काइयो ।

फिफाले कुनै निर्णय सुनाउन अघि नै अर्जेन्टिाइन फुटबल एशोसिएसनले उनलाई कारवाही गरेको थियो । तैपनि फिफाले डेढ बर्षको प्रतिबन्ध सुनाउदा उनको अन्तर्राष्ट्रिय करिअर नै समाप्त हुन पुगेको थियो । “उनीहरुले मलाई फुटबलबाट सन्यास नै लिनुपर्ने बनाइदिए । मलाई लाग्दैन मलाई अर्को बदला चाहिन्छ, मेरो आत्मा नै चुडिएको छ,” त्यो समय म्याराडोनाले भनेका थिए ।

१९९८ को जुनमा चार बर्षअघि पत्रकारहरुमाथि एयर राइफलबाट गोलि चलाएको आरोपमा उनलाई दुई बर्ष १० महिनाको अर्को सस्पेन्डेड जेल सजया सुनाइएपछि उनको जीवन अझै बिवादास्पद बनेको थियो । त्यसअघि १९९७ मा उनी ६ बर्षमा तेश्रो पटक ड्रग टेस्टमा असफल हुदा म्याराडोनाको ब्यवसायिक करिअर पनि समाप्त हुन पुग्यो ।

उनले पछि आफु लागु पदार्थ दुव्र्यवसनी रहेको स्किार्दै यसको भार जिन्दगी भर बोक्नु पर्ने बताएका थिए ।

Click to comment

Trending