Headline

म्याराडोनालाई श्रद्धान्जलीः के भन्छन् रोनाल्डोदेखि पेलेसम्म ?

Published

on

अर्जेन्टाइन लेजेण्ड फुटबलर डिएगो अर्मान्डो म्याराडोनाको मृत्‍युको खबरले सारा फुटबल जगत स्तब्ध  छ । सर्वश्रेष्ठ फुटबलरहरू मध्ये एक म्याराडोनाको ६० वर्षको उमेरमा हृदयघातका कारण बुनोस आयर्समा रहेको आफ्नो घरमा मृत्‍यु भएको अर्जेन्टाइन समाचार मध्यामहरुले जनाएका छन् ।

आफ्नो क्लब करिअरमाबोका जुनियर, नापोली र बार्सिलोनाबाट खेलेका उनले मेक्सिकोमा भएको १९८६ विश्वकपमा अर्जेन्टिनालाई आफ्नै दममा जिताएका थिए । खेलाडीको रुपमा भड्किलो जिवन शैलि बिताउदै मैदान बाहिर कुख्यात रहेपनि मैदान भित्रको ख्यातीले भने उनी सबैको नजमा हिरो थिए ।

म्यारोडोनाको मृत्‍युपछि अर्जेन्टिनाका राष्ट्रपती अल्बर्टो फर्नानडेजले तीन दिनको राष्ट्रिय शोकको घोषणा गरिसकेका छन् ।

राष्ट्रपती अल्बर्टोले म्याराडोना र उनको अंकमाल गरेको फोटो ट्वीट गर्दै स्पेनिसमा लेखेका छन्:”तिमीले हाम्रो देशलाई विश्वको सबै भन्दा माथिल्लो स्थानमा पुर्यायौ । हामी तिम्रो गुण कहिले बिर्सिने छैनौ म्याराडोना, हामी तिमीलाई सधै सम्झिरहने छौ।”

म्याराडोनाको कारीअरले १९८६ मा निकै ठुलो फड्को मारेको थियो जब उनले इङ्ल्याण्डलाई हराउदै विश्वकप जितेका थिए । तर १९९४ को विश्वकपमा डोपिङ गरेको आरोप लागे पछि उनलाई त्यो विश्वकप खेल्न दिइएको थिएन । यस्तै सन २००० मा पनि कोकेनका कारण हृदयघात भएपनि उनी बाचेका थिए । उनी गएको वर्षहरुमा अरु पनि स्वास्थ्य समस्यासँग जुधिरहेका थिए । उनको गएको हप्ता मात्रै टाउकोको सर्जरी भएको थियो ।

उनले आफ्नो जीवन आफ्नो श्रीमती भेरोनिका ओडेजा र दुई छोरी र दुई छोरासँग बिताएका थिए ।

उनको मृत्युको खबर पछि बिश्वचर्चित खेलाडीसँगै अन्य सेलेब्रिटीहरुले पनि अर्जेन्टाइन स्टारलाई श्रद्धांजलि अर्पण गरेका छन् ।

के भन्छन ?

“मैले मेरो एक असल मित्र गुमाएको छु र विश्वले एक लेजेण्ड । मैले धेरै कुरा भन्न बाँकी रहे पनि अहिले भने उनको परिवारलाई भगवानले शक्ती दिउन । आशा गरौँ एक दिन हामी स्वर्गमा सँगै फुटबल खेल्ने छौँ,”पेले

“यो अर्जेन्टिनियन फुटबलको लागि निकै दुखद दिन हो । डिएगोले हामीलाई छोडेर गएका छैनन् किन भने उनी अमर हुन् । म उनीसँग बिताएका ति पलहरु मैसँग राख्दछु र उनको परिवार र साथीहरुलाई माथि संवेदना प्रकट गर्दछु,”लियोनल मेस्सी

“मैले आज मेरो साथीलाई बिदाइ गर्दा विश्वले एक अमर प्रतिभालाई गुमाएको छ । सबै भन्दा राम्रो मध्ये एक र एक अतुलनीय फुटबलका जादुगर । उनले हामीलाई चाँडै छोडेर गए पनि उनको विरासत भने कसैले टोड्ने छैन । रेस्ट इन पिस एस, तिमीलाई हामी सधैं सम्झिनेछौँ।” क्रिष्चियानो रोनाल्डो

अर्जेन्टिना र हाम्रो लागि यो निकै दुखद दिन हो । हामीलाई म्याराडोनाले दिएको यो फुटबलको महानतालाई बिर्सिनु हुन्न, जो जोश, भावनाको साथ खेल्थे र उनी एक शुद्ध प्रतिभा भन्दा कम केही थिएन्न् । म उनलाई भेट्न निकै उत्साहित थिए अब भने उनलाई हामी धेरै याद गर्नेछौँ । रेस्ट इन पिस।” डेभिड बेक्याम

“रेस्ट इन पिस लेजेण्ड, तिमी फुटबलको ईतिहासमा सदाका लागि बस्नेछौँ । विश्वलाई तिमीले फुटबलबाट दिएको त्यो आनन्द कसैले भुल्ने छैन । ए ए ए २०२०!” किलियन एम्बाप्पे

उनलाई भेट्न पाउनु निकै बिशेष थियो तर उन्को मृत्‍युको खबरले निकै दुखी बनायो । रेस्ट इन पिस डिएगो म्याराडोना,” ह्यारी केन

“लेजेण्डरी, रेस्ट इन पिस”मार्कस रासफोर्ड

उनलाई बलिउड देखि विश्वको सबै क्षेत्रको व्यक्तीहरुले सामाजिक सन्जालबाट श्रदन्जली दिएका थिए । यस्तै उनले खेलेको इटालियन क्लब नापोलीको रङ्गशालाको नाम सान पाउलोबाट डिएगो म्याराडोनाको नामबाट नामाकरण गरिने पनि क्लबले जनाएको छ ।

 

Click to comment

Trending