Headline

फुटबल लेजेण्ड म्यारोडोनाको मृत्यु

Published

on

बिश्व फुटबल लेजेण्ड डिएगो म्यारोडोनाको मृत्यु भएको अन्तर्राष्ट्रिय संचार माध्यमहरुले जनाएका छन् । एक अर्जेन्टिनी मिडियाको हवाला दिदै युरोप तथा अन्य सञ्चार माध्यमहरुले म्याराडोनाको मृत्यु भएको लेखेका छन् ।

म्याराडोनाले केही दिन अघि दिमागमा रगत जमेपछि सफल शल्यकृया गर्दै उनलाई हस्पिटलबाट डिस्चार्ज गरिएको थियो । अर्जेन्टिनी मिडिया क्लेरिनले उनको ह्रदयघातका कारण मृत्यु भएको उल्लेख गरेको छ ।

उनको परिवारले भने अहिलेसम्म यसको पुष्टि गरेको छैन । इएसपिएन अर्जेन्टिनाले भने १९८६ को बिश्वकप बिजेताको मृत्यु भएको पुष्टि गरेको छ । उनले व्यवसायिक फुटबल करिअरमा इटालियन क्लब नापोलीलाई पनि दुई पटक प्रथम श्रेणी फुटबलको उपाधि दिलाएका थिए ।

गत महिना म्यारोडोना ६० बर्षको पुगेका थिए भने उनको बडीगार्डलाई कोरोना भाइरसको लक्षण देखिएपछि उनी आफै पनि केही दिन आईसोलेसनमा बसेका थिए ।

Click to comment

Trending