Corona Virus

राष्ट्रिय क्रिकेट टोलीका कप्तान, उप–कप्तानसहित ४ जनालाई कोरोना पोजिटिभ

Published

on

नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान ज्ञानेन्द्र मल्ल, उपकप्तान दिपेन्द्र सिंह एरि, रोहित कुमार पौडेल सहित नेपाल क्रिकेट संघका स्टाफ प्रदिप लामालाई कोरोना संक्रमण भएको छ । ज्ञानेन्द्रले फेसबुकमा एक स्टेटस राख्दै आफुलाई कोरोना भएको जनाएका हुन् ।

नेपाल क्रिकेट संघले बन्द प्रशिक्षणका लागि २२ जना खेलाडीलाई बोलाएको थियो भने हिजो मात्र सबै खेलाडीको पिसिआर परिक्षण गरेको थियो । बुधबार प्राप्त रिपोर्टमा उनी कोरोना भाइरस पोजिटिभ देखिएका हुन् ।

ज्ञानेन्द्रले आफुलाई कोरोनाको कुनै पनि लक्षण देखा नपरेको र अब केही दिनका लागि सेल्फ क्वारेन्टिनमा जाने पनि पोस्टमार्फत जानकारी दिएका छन् । त्यस्तै उनले आफ्नो सम्पर्कमा आएकाहरुलाई पनि आफ्नो परिक्षण गर्न आग्रह गरेका छन् ।

क्यानले बिहिबारदेखि शुरु हुने गरि २२ जना क्रिकेटरहरुलाई बन्द प्रशिक्षणका लागि बोलाएको थियो । तीन खेलाडीहरुलाई कोरोना पोजिटिभ देखिएपछि क्यानले पाँच अन्य खेलाडीहरुलाई बन्द प्रशिक्षणका लागि बोलाएको बुधबार नै जानकारी दिएको छ ।

थप प्रशिक्षणका लागि बोलाइएका खेलाडीहरुमा बिक्रम सोब, अनिल साह, कुशल भुर्तेल, रित गौतम र लोकेश बम रहेका छन् ।

Click to comment

Trending