Headline

च्याम्पियन्स लिगमा आज: रियल म्याड्रिड र इन्टरको सँग-सँगै अग्नी परिक्षा

Published

on

च्याम्पियन्स लिगको यो सिजनको समुह चरणमै १३ पटकको बिजेता रियल म्याड्रिडलाई यति अप्ठ्यारा खेलहरु खेल्नु पर्ला भनेर कसैले सोचेको थिएन । पहिलो खेलमा शख्तार दोनेस्कसँग पराजित भएको रियल दोस्रो खेलमा बोरुसिया मोचेनग्याल्डब्याचसँग बराबरीमा रोकिएको थियो ।

तेस्रो खेलमा आइपुग्दा इन्टर मिलनलाई ३-२ ले हराउदै पहिलो तीन अंक हात पारेको म्याड्रिडले बुधबार फेरी समुहको दोस्रो लेगमा सान सिरोमा इन्टरसँग खेल्दै छ ।

दुवै क्लबहरुले राम्रो प्रदर्शन गर्न नसके पछि समुह बि मा रियल म्याड्रिड र इन्टर क्रमश: तेस्रो र चौथो स्थानमा रहेका छन् ।

इन्टरले च्याम्पियन्स लिग भन्दा अगाडि सिरी आ मा भएको खेलमा टोरिनोलाई ४-२ ले पराजित गरेको थियो भने रियल भिल्लारियलसँग १-१ को बराबरीमा रोकिएको थियो ।

ला लिगा र च्याम्पियन्स लिगमा सोचे अनुरुप प्रदर्शन गर्न नसकेको रियल आजको खेलमा पराजित भए वा बराबरीमा रोकिए मात्रै पनि धेरै ठुलो दवाबमा आउने छ । यता इन्टरको अवस्था पनि कम नाजुक छैन । बुधबार तीन अंक ल्याउन नसक्ने हो भने इन्टरले अघिल्लो चरणमा पुग्नका लागि निकै संघर्ष गर्नु पर्ने हुन्छ ।

रियलसँगको पहिलो अवे खेल गुमाएका रोमेलु लुकाकुको फर्मले खेलमा निकै ठुलो असर पार्ने छ । लौटारो मार्टिनेज र लुकाकुको जोडी चल्ने हो भने रियललाई इन्टरले सजिलै पराजित गर्न सक्छ । रियलका लागि भने एडेन हजार्डले खेलमा शुरुवात देखी नै खेल्न सक्ने छन् ।

खेल नेपाली समय अनुसार १:४५ मा सुरु हुने छ ।

यस्तै बुधबार हुने ११:४५ बजेका खेलमा भने ओलम्पियाकोसले म्यानचेस्टर सिटी र सख्तर दोनेस्कले  मोचेनग्याल्डब्याचसँग खेल्दै छ ।

र १:४५ मा हुने अन्य खेलहरुमा मार्सेले पोर्टो, लिभरपुलले एट्लान्टा, बायर्न म्युनिखले रेड बुल साल्जबर्ग, एट्लेटिको म्याड्रीडले लोकोमोटिभ मस्को र आयाक्सले मिजील्याण्डको सामना गर्ने छ ।

Click to comment

Trending