Headline

बेन्चमा बसे पनि ग्रिजमन ‘खुसी’ छन्

Published

on

बार्सिलोनाका प्रशिक्षक रोनाल्ड कोमनले च्याम्पियन्स लिग अन्तर्गत डाइनामो किएभसँग भएको खेलमा एन्टोनी ग्रिजमनलाई शुरुवात नगराए पनि उनी खुशी भएको बताएका छन् ।

बार्सिलोनाले ४-० ले जितेको खेलमा ग्रिजमन बेन्चमा रहेका थिए । ६६ औँ मिनेट फिलिपे कोउटिन्होको स्थानमा मैदान छिरेका ग्रिजमनले बार्सिलोनाका लागि थपिएको इन्जुरी समयमा गोल पनि गरेका थिए ।

केही दिनअघि मात्रै ग्रिजमनका काकाले बार्सिलोना स्टार मेस्सीलाई लगाएका आरोपहरुका कारण उनको  र मेस्सीको सम्बन्ध त्यती राम्रो रहेको छैन । मेस्सीले भने किएभसँगको खेल खेलेका थिएनन् । खेलमा बैकल्पिक खेलाडीको रुपमा रहे पनि बार्सिलोना प्रशिक्षक कोमनले ग्रिजमन बार्सिलोनामा खुशी भएको बताएका थिए ।

“ग्रिजमनले आफ्नो चोटलाई ध्यानमा राख्दै बेन्चमा केही समय बिताएका हुन्,” कोमनले खेल पछि भने । “अभ्यासमा निकै मिहिनेत गर्ने खेलाडीलाई केही समयको खेलमा उतार्न निकै महत्वपूर्ण हुन्छ।”

“उनी निकै खुशी छन् । मैले उनलाई राम्रो सँग चिनेको छु र उनी क्लब र आफ्ना साथी खेलाडीहरुका लागि पनि खुशी छन्,” कोमनले भने ।

बार्सिलोनाले डाइनामो किएभलाई ४-० ले हराएसँगै अन्तिम १६ मा स्थान बनाएको छ । ला लिगामा भने राम्रो प्रदर्शन गर्न नसकेको बार्सिलोना १० औँ स्थानमा रहेको छ ।

Click to comment

Trending