Headline

च्याम्पियन्स लिग राउण्ड–अपः बार्सा, युभेन्टस, सेभिया प्रि–क्वार्टरफाइनलमा

Published

on

मार्टिन ब्रेथवेटले दुई गोल गरेपछि बार्सिलोना युक्रेनी क्लब डायनामो किभलाई ४–० को फराकिलो अन्तरले पराजित गर्दै च्याम्पियन्स लिगको प्रि–क्वार्टर फाइनलमा प्रवेश गरेको छ । क्याटलन महारथीसँगै युभेन्टस र युरोपा लिग च्याम्पियन सेभिया पनि अन्तिम १६ मा स्थान बनाउन सफल भएको छ ।

मङ्गलवार युरोपका स्टारहरु एर्लिङ्ग हालान्ड, नेमार, क्रिष्चियानो रोनाल्डो र ब्रुनो फर्नान्डेज सबैले गोल गरेका थिए ।

अर्जेन्टाइन सुपरस्टार लियोनेल मेस्सी नभएपनि रोनाल्ड कोमनको बार्सिलोनाले युक्रेनमा सहज जित दर्ता गर्यो । बार्सिलोनाको सबै गोल दोश्रो हाफमा सम्भव भएको थियो । सर्जिनो डेस्टले अग्रता दिलाएपनि ब्राथवेटले ओपन प्ले र पेनाल्टीमा गोल गर्दै बार्सालाई ३–० को फराकिलो अग्रता दिलाए ।

सब्स्टिच्युटको रुपमा मैदान प्रवेश गरेका एन्टोइन ग्रिजमनले चौथो तथा अन्तिम गोल गरेका थिए । बार्साले खेलमा युवा सेन्टर ब्याक ओस्कार मिन्गुवेजा, ब्राजिलियन मिडफिल्डर म्याथेउस फर्नान्डेज र अमेरिकन टिन विँगर कोन्राड डे ला फ्लुवेन्टेलाई शुरुवाती ११ मै खेलाएको थियो ।

समुह जी मै युभेन्टसका लागि अतिरिक्त समयमा अल्भारो मोराटाले हेडर मार्फत गोल गर्दै टुरिनमा फेरेंकभारोसबिरुद्ध २–१ को जित दिलाए । हँगेरीयन टोली फेरेंकभारोसलाई मिर्टो उजुनीले अग्रता दिलाएपनि क्रिष्चियानो रोनाल्डोले पहिलो हाफमै बराबरी गोल गरेका थिए । रोनाल्डोले लगातार १५ वटा च्याम्पियन्स लिग सिजनमा गोल गरिसकेका छन् ।

यो सिजन प्रि–क्वार्टरफाइनल प्रवेश गरेपछि युरोपा लिगको ट्रफिको रक्षा गर्नु नपरेको सेभियाले रुसमा क्रसनोडरलाई २–१ ले हरायो । इभान राकिटिचले सेभियालाई अग्रता दिलाएका थिए तर ब्राजिलियन वान्डर्सनले घरेलु टोलीलाई खेलमा फर्काएका थिए ।

मुनिर एल हदादीले अतिरिक्त समयको पाचौं मिनेटमा बिजयी गोल गरेका थिए । समुह इ मै चेल्सी फ्रेञ्च टोली रेनेसलाई २–१ ले हराउदै अन्तिम १६ मा पुगेको थियो ।

समुह एचमा टर्किस क्लब इस्तानबुल बसकसेहिरलाई ४–१ ले पराजित गरेपछि म्यानेस्टर युनाइटेड अन्तिम १६ बाट एक जित मात्रै टाढा रहेको छ । पहिलो लेगमा युनाइटेड टर्किस क्लबसँग २–१ ले स्तब्ध भएको थियो । युनाइटेडको जितमा पहिलो हाफमै फर्नाण्डेसले दुई गोल गरेका थिए । मार्कस रासफोर्ड र ड्यानिएल जेम्सले अन्य दुई गोल गरेका थिए ।

गत बर्षको उपबिजेता पेरिस सेन्ट जर्माइनले आरबी लाइपजिगलाई १–० ले हरायो । अर्को समुहमा हालान्डले दुई गोल गरेपछि बोरुसिया डर्टमण्डले बेल्जियन टोली क्लब ब्रुगलाई ३–० ले हरायो । अर्को गोल जेडन सान्चोले गरेका थिए ।

यो सिजन सबै क्लब प्रतिस्पर्धा गरेर १६ गोल गरिसकेका हालान्डले आफ्नो करिअरको १२ च्याम्पियन्स लिग खेलमा १६ गोल गरिसकेका छन् । उति नै म्याच खेलिसक्दा मेस्सीले आफ्नो नाममा दुई गोल मात्र गरेका थिए भने रोनाल्डोले एक गोल पनि गर्न सकेका थिए ।

सिरो इमोबिलेले दुई गोल गरेपछि इटालियन टोली लाजियोले रसियन क्लब जेनिट सेन्ट पिटर्सबर्गलाई ३–१ ले हरायो ।

Click to comment

Trending