Headline

रेनेसलाई हराउदै चेल्सी च्याम्पियन्स लिगको अन्तिम १६ मा

Published

on

फ्रेन्च क्लब रेनेसलाई १-० ले हराउदै चेल्सी दुई खेल अगवै च्याम्पियन्स लिगको अन्तिम १६ मा पुगेको छ ।

रेनेसको घरमा भएको खेलमा चेल्सीलाई जिताउन क्यालम हड्सन ओडोइ र ओलिभर गिरुड ले गोल गरेका थिए ।

खेलको सुरु देखी नै मौका बनाएको चेल्सीले खेलको पाचौँ मिनेटमा गोल गर्ने पहिलो मौका गुमाएको थियो । हड्सन ओडोइको पासलाई टिमो वर्नरले पोस्टको नजिकैबाट पनि गोल गर्न नसक्दा चेल्सी अग्रता लिना चुकेको थियो । २२ औँ मिनेटमा भने चेल्सीले अग्रता लिना सफल भएको थियो । मेसन माउण्टको पासमा क्यालम हड्सन ओडोइले गोल गर्दै चेल्सीलाई १-० को अग्रता दिलाएका थिए ।

पहिलो हाफ पुरै आफ्नो पक्षमा राखेको चेल्सीले दोस्रो हाफमा भने केही लय गुमाउन पुग्यो । रेनेसले लगातार आक्रमण गरिरख्दा चेल्सी भने केही शान्त देखिन्थ्यो । ८५ औँ मिनेटमा रेनेसले बराबरी गोल गरेको थियो ।

रेनेसका लागि शेर्होउ गुरासीले गोल गर्दै खेल १-१ को स्थितीमा ल्याउदा चेल्सीलाई अर्को चरणमा छनोट हुनका लागि अरु दुई खेल कुर्न पर्ने हुन्थियो । तर गोल खाए पछि लगातार मौका बनाएको चेल्सीले निर्धारित ९० मिनेट पछि थपिएको इन्जुरी समयमा गोल गर्दै खेलमा २-१ को अग्रता लिएको थियो । चेल्सीका लागि ओलिभर गिरुडले गोल गर्दै चेल्सीलाई अग्रता दिलाएका थिए  । गिरूडको गोलसँगै चेल्सी अन्तिम चरणमा छनोट भएको थियो ।

यस्तै हिजै भएको समुह इ को अर्को खेलमा सेभियाले क्रास्नाडोरलाई २-१ ले हराएको थियो  । जितसँगै सेभिया पनि च्याम्पियन्स लिगको अन्तिम १६ मा पुगेको छ ।  १० अंकका साथ चेल्सी समुह इ मा शिर्ष स्थानमा रहेको छ भने समान १० अंकको साथ सेभिया गोलअन्तरका कारण दोस्रो स्थानमा रहेको छ ।

Click to comment

Trending