Headline

च्याम्पियन्स लिग आज: मेस्सी बिनाको बार्सिलोनालाई किएभको चुनौती, पिएसजी र लाइपजिग भिड्दै

Published

on

च्याम्पियन्स लिग २०२०/२०२१ समुह चरणको दोस्रो चरणका खेलहरु आजबाट सुरु हुँदै छन् । लामो अन्तराष्ट्रिय बिश्राम पछी फेरी सुरु हुन लागेको च्याम्पियन्स लिगको पहिलो दुई खेलहरुमा भने चेल्सीले फ्रेन्च क्लब रेनेस र सेभियाले रसियन क्लब क्रास्नाडोरको सामना गर्ने छ । यी दुवै खेलहरु नेपाली समय अनुसार ११:४५ मा सुरु हुनेछन् ।

अर्को खेलहरुमा बार्सिलोनाले डाइनामो किएभको सामना गर्ने छ ।

बार्सिलोना स्टार खेलाडी लियोनल मेस्सी बिना मैदनमा उत्रिने छ । आफ्नो ला लिगाको खेलमा एट्लेटिको म्याड्रिडसँग पराजित भएको बार्सिलोनाले घर भन्दा बहिर डाइमानो किएभको सामना गर्न लागेको हो । बार्सिलोनासँग  क्याप  नोउमा भएको पछिल्लो खेलमा राम्रो प्रदर्शन गरेको किएभ खेलमा  २-१ को गोल अन्तरले पराजित भएको थियो ।

किएभलाई आजको खेलमा भने मेस्सी बिना उत्रिने  बार्सिलोनालाई हराउने मौका हुनेछ ।

यस्तै अर्को खेलमा पेरिस सेन्ट जर्माइन (पिएसजी) ले जर्मन क्लब आरबी लाइपजिगसँग खेल्दै छ ।

पछिल्लो भेटमा २-१ ले पराजित भएको पिएसजीले यो खेल आरबी लाइपजिगसँग आफ्नो घरमा खेल्दै छ । नेमारले अघिल्लो खेल चोटका कारण गुमाए पनि यो खेल भने खेल्न सक्ने सम्भावना रहेको छ ।

लाइपजिगसँगको यो खेलमा जित निकाल्न नसक्ने र बाकीं रहेका अन्य दुई खेलमा राम्रो प्रदर्शन नगर्ने हो भने पिएसजीले तेस्रो हुदै युरोपा लिग वा प्रतियोगिताबाटै बाहिरिनु पर्ने छ ।

आजै हुने अन्य खेलहरुमा म्यानचेस्टर युनाइटेडले इस्तानाबुल बसिकशेहर,लाजियोले जेनिट,बोरुसिया डर्ट्मण्डले क्लब ब्रुग र युभेन्टसले फेरेन्कार्भोसको सामना गर्ने छ । यी सबै खेलहरु १:४५ मा सुरु हुने छन् ।

Click to comment

Trending