राष्ट्रिय

पारस खड्का दशककै उत्कृष्ट एशोसिएट खेलाडीको मनोनयनमा

Published

on

नेपाली राष्ट्रिय क्रिकेट टोलीका पुर्व कप्तान पारस खड्का अन्तरास्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले सार्वजनिक गरेको दशककै उत्कृष्ट एशोसिएट खेलाडीको मनोनयनमा परेका छन् ।

आईसीसीले आज सार्वजनिक गरेको ‘आईसीसी एशोसिएट प्लेयर अफ द डिकेड’ मा पारस सहित अन्य पाँच खेलाडी रहेका छन् । पारस बाहेक स्कटल्यान्डका तीन तथा पपुवा न्युगिनी र नेदरल्यान्ड्सका १-१ जना खेलाडी रहेका छन् ।

नेपालका पारस सहित स्कटल्यान्डका काइल कोएट्जर, कलम म्याकलोयड र रिची बेरिङटन, नेदरल्यान्ड्सका पिटर बोरेन र पपुवा न्युगिनी अशद भाला मनोनयनमा परेका छन् ।

भोटका मध्यमबाट यसको विजेता छनोट गरिने छ ।

पारस खड्कालाई भोट गर्न यस लिंक भित्र जानु होला ।

Click to comment

Trending