Headline

सुविधा सम्पन्न जेलमा बसेको अनुभब भएको छः कागिसो रबाडा

Published

on

दक्षिण अफ्रिकाको क्रिकेट टोली इंग्ल्यान्ड, श्रीलंका र पाकिस्तानसँग शृंखलाको तयारीमा रहेको छ । होम र अवे गरेर हुने तीनवटै शृंखलाको लागि कोरोनाका कारण पुरै टोली अहिले बायो बबलमा रहेको छ ।

दक्षिण अफ्रिकाका तिब्र गतिका बलर कागिसो रबाडा बायो बबलले गर्दा सुबिधा सम्पन्न जेलमा बसेको अनुभब भएको धारणा राख्द छन् । बायो बबल कोरोनाको जोखिम कम गर्नका लागि खेलाडी तथा उक्त खेलसँग सम्बन्धित ब्यत्तिहरुहरुलाई लगाइने नियम हो ।

बायो बबलमा बस्दा बाहिरी व्यक्तिहरुसँग भेटघाट गर्न तथा आफ्नो टोली बाहेक अन्य व्यक्तिहरुसँगको सम्पर्क गर्न पाईंदैन । त्यस्तै खेलाडीहरुलाई खेल स्थल र आफु बस्ने होटल बाहेक अन्यत्र जानका लागि पनि प्रतिबन्ध लगाइएको हुन्छ ।

“कोरोनाका कारण हामी सबै खेलाडीहरु बायो बबलमा बस्नु परेको छ । यो निकै कठिन परिस्थिति हो । हामीले हाम्रो सबै स्वतन्त्रता गुमाएका छौं । लाग्छ हामी सुबिधा सम्पन्न जेलमा आफ्नो समय बिताइरहेका छौं,” रबाडाले भने ।

“तर हामी भाग्यमानी पनि छौं । धेरैले आफ्नो जागिर र आफन्त गुमाएका छन् र निकै संघर्ष गर्न परेको छ । तर हामीले आफुलाई मन लागेको काम (खेल्न) गर्न पाएका छौं भने त्यसबाट कमाई पनि भइरहेको छ । हामी उत्कृष्ट होटलमा बस्न पाएका छौं । मिठो भन्दा मिठो खाना पनि खान पाएका छौं । तर पनि यस बाहेक हामी केहि गर्न नपाउने स्थितीमा छौं । हामी जे गर्दछौं सबै बन्द कोठा अथवा चारवटा पर्खाल भित्र मात्र गर्न बाध्य छौं ।”

रबाडा भर्खरै मात्र युएईमा सम्पन्न इण्डियन प्रिमियर लिग (आईपीएल) मा ११ हप्ता बायो बबलमा बिताएर आएका हुन् । त्यसैले पनि उनी लगातार रुपमा खेलाडीहरु यसरी बबलमा बस्दा मानसिक रुपमा केहि असर पर्ने बताउँछन् तर पनि खेल सुरु भए पछि र खेलमा ध्यान केन्द्रित भए पछि यि विषयहरुले कुनै फरक नपार्ने पनि जनाउँछन् ।

हाल इंग्ल्यान्ड क्रिकेट टोली दक्षिण अफ्रिकाको भ्रमणमा रहेको छ । यि दुई देशबीच समान ३–३ एकदिवसीय र ट्वान्टी ट्वान्टी शृंखला अन्तर्गत पहिलो ट्वान्टी ट्वान्टी खेल यहि नोभेबर २७ तारिखमा केप टाउनमा शुरु हुँदैछ ।

Click to comment

Trending