राष्ट्रिय

नेपाली क्रिकेट टोलीको बन्द प्रशिक्षण बुधबारबाट, भोली खेलाडीहरुको पिसीआर हुने

Published

on

नेपाली रास्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण पर्सि बुधबारबाट सुरु हुँदैछ । त्यस्तै खेलाडीहरुको पिसीआर परिक्षण भोली मंगलबार हुने भएको छ ।

केहि दिन अघि नेपाल क्रिकेट संघ (क्यान) ले बन्द प्रशिक्षणका लागि २२ जना खेलाडीको नाम सार्वजनिक गरेको थियो । क्यानले हिजो सम्ममा खेलाडी काठमाडौँ आइपुग्ने र आज पिसीआर परिक्षण गर्ने जनाए पनि सबै खेलाडी आज मात्र काठमाडौँ आइपुगेकाले गर्दा पिसीआर परिक्षण भोली मात्र हुने भएको हो । क्यानले पिसीआर रिपोर्ट नेगेटिभ आउने खेलाडीलाई मात्र बन्द प्रशिक्षणमा सामेल गराउने जनाएको छ ।

पछिल्लो पटक फाल्गुनमा थाईल्याण्डमा आयोजना भएको एसीसी ट्वान्टी ट्वान्टी एसिया कप छनोट पछि कोरोनाका कारण नेपाली टोलीले कुनै पनि प्रतियोगिता खेलेको छैन । त्यस्तै नेपाली टोलीले खेल्न पर्ने विश्वकप लिग टुका खेलहरु पनि सबै स्थगित भएका थिए ।

क्यानले पूर्णकालिन प्रशिक्षक नराखे सम्मका लागि हालको लागि जगत टमाट्टालाई प्रशिक्षकको जिम्मा दिएको छ । क्यानले केहि दिन अघि मात्र प्रशिक्षकहरुसँग अन्तर्वार्ता लिएको थियो भने अब केहि समयमा नै प्रशिक्षक नियुक्ती गर्ने जनाएको थियो ।

बन्द प्रशिक्षणमा रहेका खेलाडीहरु

ज्ञानेन्द्र मल्ल (कप्तान)

दिपेन्द्र सिंह ऐरी (उपकप्तान)

पारस खड्का

सन्दिप लामिछाने

शरद भेषावकर

कारण केसी

वसन्त रेग्मी

बिनोद भण्डारी

सोमपाल कामी

सुशन भारी

ललित नारायण राजबंशी

आरिफ शेख

पवन सर्राफ

अभिनाश बोहरा

सुवास खकुरेल

रोहित कुमार पौडेल

कुशल मल्ल

राशिद खान

कमल सिंह ऐरी

सन्दिप जोरा

किशोर महतो

भुवन कार्की

Click to comment

Trending